Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तेहरानमा खामेनीलाई अन्तिम श्रद्धाञ्जली, विदेशी प्रतिनिधिहरूको सहभागिता

काठमाडौं । अमेरिका र इजरायलको संयुक्त हमलामा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी र उनका परिवारका सदस्यहरूको शव तेहरानस्थित एक मस्जिदमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।

श्रद्धाञ्जली कार्यक्रममा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी, अफगानिस्तानका विदेशमन्त्री अमिन खान मुत्तकी, चिनियाँ कम्युनिस्ट पार्टीका एक वरिष्ठ अधिकारीसहित विभिन्न देशका प्रतिनिधिहरू सहभागी भएका छन्। भारत, चीन र ताजकिस्तानका अधिकारीहरू पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ।

खामेनी गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हमलामा मारिएका थिए। उक्त हमलामा उनकी एक छोरी, ज्वाइँ, बुहारीसहित परिवारका अन्य सदस्यको पनि मृत्यु भएको थियो।

इरानी अधिकारीहरूका अनुसार खामेनीको अन्त्येष्टि आगामी बुधबार गरिनेछ।