Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तेह्र वर्ष नेताले कमाए, जनता भोकै

काठमाडौं । काँग्रेसका स्पष्ट वक्ता डा. सुनिल शर्माले जेनजी आन्दोलनको मुल जड नै एमाले अध्यक्ष केपी ओली र उनको निर्लज्जताको पराकाष्टाले उब्जेको बताएका छन् । गणतन्त्रको १३ वर्षमा नेताले कमाए । नेताले मच्चाएको लुटमा कार्यकर्ताले प्रायश्चित गर्नुपर्छ, डा. शर्मा निरन्तर काँग्रेस, एमाले सरकारको बेथिति विरुद्ध सदन र सडकमा बोल्ने नेता हुन् । आफ्नो गृह जिल्ला मोरङका गरिब जनताको स्वास्थ्यको चासो राख्ने डा. शर्माले मोरङ र काठमाडौंमा मेडिकल कलेज चलाएका छन् । जनताप्रतिको चासो कुनै दलका नेताले लिएनन् । हाम्रै नेताले जेनजी आन्दोलन जन्माएका हुन् । नेता कुलको देवता बन्ने आन्दोलन कारी सधैं हेपिएका कारण आक्रोश बढेको थियो । अहंकार प्रदर्शन गर्दा सिस्टम भत्काइयो । केपी ओली निर्लज्जत ढंगले राज्य दोहनमा उत्रेका थिए, त्यो अपराध थियो । जीवन धान्न ओलीको पछि लाग्ने धेरै छन् । तीनले सत्य लेख्न सकेनन् । दुर दराजका जनताको जीवन सुधारमा तीनको ध्यान गएन । जो इमान्दार छ त्यसले लुटलाई साथ दिँदैन । बेथितिको चरम नमूना ५÷७ वर्षमा तीन सय नर्सिङ कलेज बन्द भए । डा. गोविन्द केसीको आन्दोलन यसको कारक हो । केसीलाई काँध हान्ने गगन थापा काँग्रेस, डा. तोषिमा कार्की रास्वपा हुन् । डाक्टर पढाउने प्यारा मेडिकल पढाउने संख्या घटाइयो । नेताले पैसा खाएर निजी मेडिकल कलेजको सिट थपियो तर सरकारको लगानीका कलेजमा सीट नथप्ने केपी ओली हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले प्रतिवाद गरे, अ‍ोलीले वास्ता गरेनन् । यो सत्य बताउने शर्मा काँग्रेसको डा. शेखर समूहका सांसद थिए । उनको जनमोहले मोरङका जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव जित्ने अवस्था छ । ओली शासनमा एयरपोर्टमा सेटिङ गरेर नेताहरूले पैसा खाए । ओली शासनका गृहमन्त्री रमेश लेखकले दैनिक ५० लाख घुस खाएको कुरा छर्लङ्ग भयो १३ वर्षे गणतन्त्रमा नेताका घर बने तर जनताको काम कतै सहज थिएन । कम्पनी रजिष्टार कार्यालय घुस खोरीको अड्डा थियो । मालपोत कार्यालयहरू त्यस्तै बनाइयो । नापी, सडक पनि यहाँ अछुतो रहेनन् । नागरिक घुस बिना काम सम्पन्न गर्न सकेन । काँग्रेस, एमालेको दुई तिहाई लुटनकै लागि थियो तर आज मुलुक ध्वस्त बनाउने केपी ओलीमा लाज घिन छैन । अपराध कर्ममा लागेका काँग्रेसको कुलाइन र एमालेको केपी गुटको पौरखी चरित्रले जनेजी पैदा भएका हुन् । त्यो समूहले पारदर्शीता देखाउन भ्रष्टाचार नियन्त्रण गर जनताप्रतिको दायित्व पूरा गर भनेको हो । तर ओलीलाई चासो भएन अहिले उनैले जेनजीमाथि प्रहार गरेकै छन् । काँग्रेस र एमालेको गठबन्धन नै यो स्थिति पैदा गरेको हो । लुट जतासुकै चम्काउन लाज नमान्ने शासकका विरुद्ध जनताको विद्रोह चर्केको हो । सञ्चारकर्मी टंक दाहालले अमेरिकाबाट केपी अ‍ोलीको लगानी कम्बोडियाको टेलिकममा भएको समाचार बनाए । राष्ट्रपति रामचन्द्र पौडेलका छोराको बेलायतमा ७ वटा घर भएको खवर पूर्व ब्रिटिश आर्मी प्रेम गाहा मगरले भनिरहेका छन्, प्रदीप भाई सुवेदी दिनेश त्रिपाठी भ्रष्ट नेताको भण्डाफोर गर्नेमा पर्छन् । दाहालको छ लाख ३९ हजार सुदिपको ६ लाख १४ हजार त्रिपाठीको ४ लाख ३० हजार फलोअर छन् । यिनीहरूको युट्युबले आफ्नो भित्री चरित्र भण्डाफोर गरीदिएपछि केपी ओलीले सामाजिक सञ्जाल बन्द गरेर तानाशाह बनेको फल २४ घण्टामा सत्ताच्यूत भएका हुन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल