Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तोलामै १९ सयले बढ्यो सुन

काठमाडौं । अघिल्ला तीन दिन स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ । यस दिन प्रतितोला १९ सय रुपैयाँले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार प्रतिऔंस २८१६ अमेरिकी डलर पुगेको छ । चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८९५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँ पुगेको छ ।