Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तौल बढाउँदै कृती

नायिका कृती सेनन बलिउड बजारमा जमेकी छिन् । उनी, अभिनित चलचित्रले गतबर्ष राम्रो कमाई गर्यो । उनै, कृतीको डिमाण्ड अहिले बलिउडमा चुलिएको छ । उनलाई बलिउडका चलेका स्टारसँग काम गर्ने अवसर मिलिरहेको छ । उनै, कृती अब नयाँ चलचित्र ‘मीमी’मा काम गर्दैछिन् । यो चलचित्रका लागि नायिकाले निकै नै मिहिनेत पनि गरिरहेकी छिन् । यो चलचित्रका लागि कृतीले आफ्नो तौल १५ केजी बढाउँदै छिन् । चलचित्रको पर्दामा नायकहरुले तौल बढाएको खबर सार्वजनिक नभएका होइनन् । थुप्रै नायकले कथाकै माग अनुसार आफ्नो तौल बढाएका छन् । सरोगेसीको कथामा बन्न लागेको चलचित्रमा तौल बढाएपछि कृती कस्तो देखिने हुन्, यो भने उनका फ्यानका लागि कौतुहलताको बिषयमा रहनेछ । किनकी, कृती सेनन सधै नै फिट रहने नायिका हुन् । यसैले, पनि उनलाई तौल बढाउन सहज भने छैन । कृतीले भारतीय मिडियासँग भनिन्–‘तौल बढाउनु मेरा लागि आफैमा चुनौतीको बिषय हो । यो मेरो शरीरका लागि पनि नयाँ हो । मैले छोटो समयमा नै १५ केजी तौल बढाउनुपर्नेछ । तर, म यो परिवर्तनका लागि उत्साहित छु । यो भूमिका मेरो लागि निकै महत्वपूर्ण छ, यसैले पनि म यसका लागि हरेक कुरा गर्न तयार छु ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल