Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्यसपछि देउवालाई वर्षमानले भने, सहयात्रा टुंगियो

काठमाडौं । सत्ता गठबन्धन जारी रहन्छ या रहँदैन अबको सात आठ घण्टाले निर्धारण गर्नेछ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रष्ट जानकारी गराएका छन् । अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भेटपछि देउवालाई भेटेका उपमहासचिव पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब प्रचण्डलाई सहयोग गर्न भनेका छन् । पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो( हिजो एउटा परिस्थितिमा २३ सीटको कांग्रेसलाई हामीले सरकारको नेतृत्व दियौँ । अब त्यही बाध्यता छैन । प्रचण्डलाई प्रधानमन्त्री नमान्ने हो भने हाम्रो सहयात्रा यहीँ टुंगियो । फेरि कांग्रेसलाई नेता मानेर हिँड्नुपर्ने बाध्यता हाम्रो छैन । पुनले प्रष्ट धारणा बताइसकेपछि देउवाले अझै केही नबिग्रिएको भन्दै गठबन्धन र दलमा आफूले कुरा मिलाउने जवाफ दिएका छन् । देउवाको भनाइ थियो( होइन म मिलाउँछु यार । दलमा पनि सल्लाह गर्नुपर्छ । गठबन्धनमा पनि सल्लाह गर्छु । राष्ट्रपतिले यो टाइम दिने कुरा नै मिलेन क्या । म समय थप्न लाउँछु, कुरा मिल्छ । पुन लगायतका नेता प्रचण्डलाई गठबन्धनबाट बाहिर निकाल्न चाहन्छन् । उनीहरू प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परेको निष्कर्षमा छन् ।