Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्यो डाँका समूह कहाँ थियो भूमिगत ?

काठमाडौं । समाजमा आतंक सिर्जना गर्ने टोलटोलका डाँका समूह कोही सकिएका छन् कोही पक्राउ परेका छन् भने कोहीको डाँका राज कायमै छ । कैलालीको जोशीपुर र बर्दगोरिया गाउँपालिकामा ०५७ ताका डाँकाको बिगबिगी थियो । माओवादी युद्ध चरम उत्कर्षका थियो, डाँकाको विरुद्ध आवाज उठाउने हिम्मत कैसको थिएन् । ७–८ जनाको समूहमा भरुवा बन्दुक बोकेर राती लुट्न हिँड्ने अनि दिनभर ‘मस्ती’ गर्ने सो खुँखार डाँकाको समूहलाई २० वर्षपछि कैलाली प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा कैलाली जोशिपुर घर भएका ४५ वर्षीय क्रमराज थापा उर्फ रोहगी, ४९ बर्षिय भगत चौधरी उर्फ रोहिना, ३८ वर्षीय गुन सिंह कठरिया उर्फ कालु र भजनी नगरपालिका–६ बस्ने ४७ वर्षीय टिकाराम चौधरी उर्फ डगौरा छन् ।
एक जमानामा डकैतीको ‘साम्राज्य’ नै खडा गरेको डाँका समूहका ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक बिष्टले जानकारी दिए । सो समूह एउटै डाँका समूह हो । एक जमानामा खुँखार डाँका कहलिएको यो समूह पछिल्लो सयम भने चुपचाप आफ्नो घर गृहस्थी गरेर बसिरहेका थिए । तर, अदालतले उनीहरुको मुद्धा फैसला गरिसकेको थियो । अहिले पक्राउ परेका मध्ये क्रमराज थापा उर्फ रोहगी र भगत चौधरी उर्फ रोहिनालाई प्रहरीले यसअघि पनि पक्राउ गरेर जेलको बाटो देखाएको थियो । तर, ०६१ माघ २७ मा तत्कालिन बिद्रोही माओवादीले कैलाली कारागारमा आक्रमण गर्दा उनीहरु त्यहँबाट भागेका थिए ।
जोशिपुरका ४५ वर्षीय क्रमराज थापा उर्फ रोहगी डाँकाका पनि डाँका हुन् । जोशिपुर गाउँपालिकाका विभिन्न वडा र बर्दगोरिया गाउँपालिकामा उनले ८ ठाउँमा डाँका चोरी गरेका छन् । ०५७ मा सो क्षेत्रमा डकैती साम्राज्य खडा गरेका उनलाई जिल्ला अदालत कैलालीले ८७ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।