Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्यो सत्यलाई कसले बुझिदिने ?

काठमाडौं । पर्यटनवर्ष आउन लागेको छ महिनासम्म विभागीय मन्त्री थिएनन् । सरकार २०२० मा २० लाख पर्यटक भिœयाउने भन्छ । तर बुटीक एयरपोर्टको हालत सुधार्न नागरिक उड्डयन प्राधिकरणले एयरपोर्ट स्तरोन्नति काम रात्रि कालिन उडान रोकेरै थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई हवाई माफियाले कहाँ चिप्ल्याउँछन् शंका उब्जन थालेको छ । वायुसेवा निगमको सम्पत्ति कब्जा गर्ने यति एयर र हिमालयन एयरको गिरोहले बालुवाटरदेखि प्रधानमन्त्री कार्यालयसम्म पकड जमाएको छ । यी मन्त्रीले निजी क्षेत्रको बहुल्यता रहेको नेपालको हवाई उड्डयनको क्षेत्रबाट जेष्ठ नागरिकहरूलाई ५० प्रतिशत भाडा कम गर्ने घोषणा त गरे तर यो घोषणा सम्भव छ ? जबिक सरकारी स्वामित्वको वायुसेवा निगम भ्रष्टाचारमा डुबेको प्रधानमन्त्री केपी शर्मा ओलीले रोेजेको व्यवस्थापनको कब्जामा छ ।

जसले वायुसेवा निगमका जहाज थन्क्याएर तिनै यती एयर, तारा एयरका साहुजीहरूसँग कमिशन खान्छ र निगमका जहाज ह्याङ्गरमा थन्क्याएको छ । अन्तर्राष्ट्रिय एयरपोर्टमा भिभीआईपीको स्थान समेत भद्रगोल छ । सशस्त्र प्रहरीका आईजीपीले त्यही कक्ष प्रयोग गरेर फोटो शेसन गरे । सरकारलाई सताउने काम नगर्ने पैसा खाने ठेकेदार जयराम लामिछानेको साढु शैलन्द्र खनालको भिभीआईपी कक्ष प्रयोग उचित थिएन । सरकार कानुनी रुपमा सशक्त थियो भते त्यस्ता आईजीपी बर्खास्तमा पर्थे । शनत बस्नेतले ठाकुर श्रेष्ठलाई आईजीपी बन्न रोकेको केश र अहिलेको केश उही हो । अब सम्मानीयहरूले बाहेक एयरपोर्टभित्र भीभीआईपी सुविधा नपाउने व्यवस्था हुँदैछ । पर्यटनमन्त्रीको यो निर्णयको कार्यान्वयनको पाटोमा ध्यान दिँनैपर्छ । पर्यटकको भिड तान्न विदेशमा रहेका नेपालीबाट एक साथी बनाउने योजना नेपाली दूतावास त नियोगहरूमा नेपाल भ्रमण वर्षको डेक्स स्थापना गरी गैर आवासीय नेपाली संघहरू परिचालनका कुरा ल्याएका मन्त्रीले पशुपतिको आरती युट्युबबाट प्रचार गर्ने सम्म योजना ल्याएका छन् ।

 

उनलाई लुम्बिनी एयरपोर्टको अवस्था, पोखरा एयरपोर्टको स्थितिको हेक्का छ । तर नागरिक उड्डयन प्राधिकरणमा नेकपाको योजना सफल हुन दिने महानिर्देशक छैनन् । उनी सञ्जीव गौतम जस्ता लुटाहाको गिरोहका काँग्रेसी सदस्य हुन् । राजन पोखरेलको काम प्राधिकरणको कार्यक्रम अवस्थाअनुसार काँग्रेस र हवाई माफियाहरूलाई बुझाउनु हो । पर्यटनमन्त्रीले त्यो सत्यको ख्याल गर्नुपर्दछ ।

 

पर्यटन वर्ष मनाउन विश्वका पर्यटनमन्त्रीहरूको नेपालमा सम्मेलन आयोजना गर्न सके त्यसको सन्देश राम्रो जान्थ्यो । पर्यटक संघसँग परामर्श, रारा, से फोक्सुण्डो, पाथीभरा जस्ता पर्यटकीय क्षेत्रतर्फ राज्यको ध्यान जानु पर्दथ्यो । मन्त्री भट्टराईले आफ्ना कार्यकाल २६ दिनमा १४१ बुँदे अवधारणा ल्याएका छन् । भ्रष्टाचारले थला परेको वायुसेवा निगमको सुधार थन्को लागेको जहाजको संञ्चालन अन्तर्राष्ट्रिय नयाँ गन्तव्यको खोजी त मन्त्री भट्टराईको कार्ययोजनामा परेको छ । तर ३ अर्ब ४३ करोड ७५ लाख भ्रष्टाचार भएको वाइडवडी खरिद प्रकरण र त्यससँग जोडिएका प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको लुट छानविन गर्लान् ? मन्त्री भट्टराई शनिबार देउवा निवास पुगेका थिए ।