Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । चुनाव जित्ने नेकपाको साथ लिएर एमालेको सूर्य चिन्हको उम्मेद्वार बनेका सांसद हृदयस त्रिपाठीले छुट्टै दल खडा गर्ने भएका छन् । सदभावना पार्टीबाट निरन्तर संसद भएका हृदयस त्रिपाठी लोकतान्त्रिक फोरमबाट विद्रोह गरेर चुनावको बेला बाम गठबन्धनको लहर देखेर एमालेको सूर्य चिन्हबाट सांसद भएका थिए । उनै त्रिपाठी स्वास्थ्य मन्त्री भएर राम्रै गरेका हुन् । यीनकै समयमा भारतीय कम्पनीले कोरोना विरुद्धको खोपप्रति डोज ४ डलरमा दिन खोज्दा बालुवाटारको नाउमा इश्वर पोख्रेल पुत्रको कम्पनी ओम्नी र सुरज वैद्यको हुकामले ६ डलर मूल्य कायम गराइ ३४ करोड ७५ लाख कमिशन खाने दाउ रच्दा त्रिपाठीले रोकी दिएका हुन् ।
त्रिपाठी स्वास्थ्यबाट सामान्य प्रशासन मन्त्री भए । त्यहाँ भने उनले काम देखाउन सकेनन् । तीनै त्रिपाठी संघिय सांसद भए भने उनको टीमबाट २ जना लुम्बीनी प्रदेशबाट सांसद बनेका छन् । हृदयस त्रिपाठीको राजनीति शुरुवात नेकपा मानन्धरको विद्यार्थी फेडेरेशन हो । त्यो बेला डा.केशर जंग रायमाझीले उनलाई रसिया पढ्न पठाए ।
तर उनी पढेर नेपाल भित्रेपछि मातृपार्टीलाई वास्ता नगरी नेपाल सदभावना पार्टीमा लागेका थिए । पार्टी फुटाउने एकता गर्ने काममा हृदयस सफल चरित्र हुन् । कुनै बेला यीनलाई फाइल माफीया भनिन्थ्यो । त्यो बेला उनी सार्वजनिक लेखा समितिको सभापति थिए । उनका पार्टनर विरोध खतिवडा अहिले स्वास्थ्यमन्त्री छन् । पछिल्लो पटक उनीसँग कपिल वस्तुका सर्वेन्दनाथ शुक्लाको जोडी मिलेन । शुक्ला रअका प्रतिनिधि थिएनन् त्रिपाठी रअका सदस्य हुन् । उनको निर्वाचन क्षेत्र नवलपरासी २ मा सुस्ता पर्छ । त्यो क्षेत्रमा भारतीय एसएसवीले नेपालीको इज्जत लुट्छ । लगाएको खेती लुट्छ । पशुचौपाय लुट्छ तर त्रिपाठी बोल्दैनन् ।
चुनाव जित्न सुस्ताका जनतालाई जुम्ला हात गर्ने हृदयसलाई अबको दिनमा चुनाव जित्न सम्भव छैन । यीनले खोलेको पार्टी मधेसमा कहिल्यै पनि स्थापित भएका छैनन् । त्रिपाठीले कोसँग पार्टी एकता गर्न नयाँ पार्टी खोल्न लागे निश्चित छैन । यतिखेर भने त्यो काम सफल हुदैन । किनकी उनी एमाले नभए पनि एमालेको सूर्य चिन्हका सांसद हुन् । उनले छुट्टै दल बनाउन ४० प्रतिशत सांसद आवश्यक पर्छ । संघिय संसदमा त्रिपाठी एक्लै छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल