Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थपिएका तीन जनाको पनि स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । पर्साको वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विरगंजमा रहेका तीनै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । डा देवकोटाका अनुसार तीनै जना संक्रमितको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो राती भएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रवक्ता डा देवकोटाको भनाइ छ । संक्रमितहरु क्रमश ३७,४४ र ५५ वर्षका पुरुषहरु रहेका छन् । सरकारले अहिले विरगंजमा रहेका संक्रमितको सम्पर्कमा आएका व्यक्ति र उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्रयाक ट्रेसिङको काम शुरु गरिसकेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म स्वाब थ्रोड (पिसिआर) विधिबाट हालसम्म ५ हजार एक सय ८४ वटा नमूना परीक्षण गरिएको छ । पिसिआर विधिबाट गत २४ घण्टामा ७ सय ९५ वटा नमूना परीक्षण गरिएको छ ।
पिसिआर विधिबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गत २४ घण्टामा ६ सय २८ वटा परीक्षण भएको छ भने उपत्यका बाहिर १ सय ६७ वटा नमूना परीक्षण भएको छ । प्रवक्ता डा देवकोटाका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ८५ जना बिरामीहरु देशभरका आइसालेसनमा उपचारत छन् ।
उनीहरुमध्ये १५ जना काठमाडौं उपत्यका भित्र रहेका छन् भने ७० जना काठमाडौं बाहिरका अस्पतालको आइसोलेसनमा रहेका छन् । यस्तै देशभर ७ हजार ९ सय ७३ जना क्वारेन्टाइमा रहेका छन् ।

यस्तै स्वास्थ्य मन्त्रालयको एप्समार्फत आफ्नो लक्षणबारे जानकारी गराउनेको संख्या गत २४ घण्टामा ९ सय ९४ जना रहेको छ । उनीहरुमध्ये १७ जनालाई स्वास्थ्य मन्त्रालयले रेड जोनमा राखेको छ ।


सम्बन्धित समाचार