Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थपिए १० जना नयाँ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या थप भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकाहरुको संख्या १२० पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या १० जना रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । उनीहरु कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।


सम्बन्धित समाचार