Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थपिए १३१३ कोरोना संक्रमित, उपत्यकामा ६४५ संक्रमित, १४५५ जना कोरोनामुक्त

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ५५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १८ हजार २ सय ८९ जना छन् भने ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

उपत्यकामा ६४५ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ५ सय ३ जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जनामा संक्रमणा देखिएको बताएका हुन् ।

१४५५ जना कोरोनामुक्त
नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १४५५ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ६८ हजार १८५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार २६२ पीसीआर परीक्षण भएका छन् ।