Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थप उपचारबारे छलफलमा चिकित्सक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थप स्वास्थ्य उपचारबारे निर्णय लिन उनका निजी चिकित्सकसँगै उपचारमा संलग्न चिकित्सकहरूको टीम बैठकमा बसेको छ । मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि बिहीवारसम्म प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको भएपनि अब थप उपचार कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको बताइएको छ । प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रियापछि पनि मिर्गौलाको नियमित डायलासिस गरिरहनुपर्ने हुन्छ । प्रधानमन्त्री ओली उपचारार्थ रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलोसिस मेसिन छैन ।
बुधवार साँझ प्रधानमन्त्री ओलीलाई डायलासिस गर्न नजिकै रहेको शिक्षण अस्पतालबाट मेसिन लगिएको थियो । प्रधानमन्त्री ओलीलाई एकदुई दिनमा टिचिङ लगेर राख्ने तयारी भइरहेको स्रोतले बताएको छ ।


सम्बन्धित समाचार