थप २ हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २५ को मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १३ हजार ११७ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा थप २ हजार ३३७ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३७ हजार ५९९ रहेको छ ।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार ६६३ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।