Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । वर्षदिन देखि कोरोना महामारीका कारण विमानस्थलमा थन्किएका जहाज उड्न नसक्दा थाइल्याण्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजले साविकका कतिपय गन्तव्यमा उडान सुरु गर्न सकेको छैन । यसको प्रभाव नेपालमा हुलाक सेवा विभागको नियमित सेवामा समेत परेको थाहा भएको छ । विदेशबाट आउने चिठ्ठीपत्र र पार्सल ओसार पसार गर्न विभागले सम्झौता गरेको कम्पनीले कोरोना महामारी सुरु भएयता सेवा दिन सकेको छैन । नेपालमा ११ चैत २०७६ पछि बन्द भएको थाइ एयरवेजको उडान अहिले पनि सुरु गरेको छैन । यो अवस्थामा आफ्नो सेवा नियमित राख्न नयाँ विकल्पको खोजी सुरु भएको हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले जानकारी दिइकी छन् । विभागले नेपालबाट संसारभर चिठ्ठीपत्र तथा पार्सल पठाउन थाइ एयर र भारतको एयर इन्डियासँग सम्झौता गरेको थियो। यी दुबै एयरलाइन्स ती मुलुकका राष्ट्रिय ध्वजाबाहक हुन् ।
दुवै एयरलाईन्स् चलेका छैनन् ।अहिले एयर इन्डियाबाटै पार्सल तथा चिठ्ठीपत्र आदानप्रदानको काम भइरहेको छ । सामान्यतया वायुसेवा कम्पनीसँग सम्झौता भएपछि गन्तब्य मुलुकसँग सिधा उडान भए पनि नभएपनि चिठ्ठीपत्र र सामान गन्तव्यसम्म पुर्याउने जिम्मेवारी वायुसेवा कम्पनी कै हुन्छ । अहिले एयर इन्डियाले काठमाडौं नयाँदिल्ली रुटमा नियमित उडान गरिरहेको छ । नेपालमा असोज २०७७ बाटै अन्तराष्ट्रिय उडानका कम्पनीमाथिको उडान प्रतिवन्ध फुकुवा भए पनि अन्तराष्ट्रिय क्षेत्रमा कोरोनाको माहामारी नहट्दा समस्या झन् बढेको हो । अहिले एक दर्जन अन्तर्राष्ट्रिय वायुसेवाले नेपाल उडान पुनः सुरु गरिसकेका छन् । तर, थाइ एयरवेजले भने पुनः सेवा थालेको छैन । कोरोना महामारी कम हुँदै गएपछि पनि नेपालमा उडान सुरु नगरेपछि विभागले सो कम्पनीसँगको सम्झौता पनि रद्द गर्ने प्रक्रिया थालेको बताइएको छ । अब हुलाक सेवाले ‘नयाँ सम्झौता गर्नु पर्ने भएको छ । हुलाक सेवा विभाग र थाइ एयरबीच पुरानो सम्झौताको अवधि भने अझै एक वर्ष बाँकी रहेको छ ।
अहिले एयर इन्डियाले नेपालबाट चिठ्ठीपत्र तथा पार्सल ओसार(पसार गरिरहेका कारण हुलाक सेवा विभागको सेवा भने प्रभावित नहुने महानिर्देशक श्रेष्ठले बताएकी हुन् । संसारमा सफल वायुसेवा कम्पनीको नाम लिँदा अग्रस्थानमा आउने थाई एयरवेज कोरोना भाइरसको महामारी सुरु हुनु अगाडि नै आर्थिक समस्यामा थियो । त्यसपछि संसारभर लागेको उडान प्रतिवन्धले यो कम्पनीलाई नराम्रोसँग थला परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी भन्छन्, ‘सम्भवतः थाइ एयरले अब नेपालमा उडान गर्दैन । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अहिलेसम्म यो कम्पनीले नेपालमा उडान पुनः सूचारु गर्न निवेदन दिइसकेको छैन । काठमाडौं बैंकक रुटमा अहिले नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल