Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थापाले हारे राप्रपा फुट्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षका लागि भइरहेको प्रतिस्पर्धाले फेरि फुटको संकेत देखिएको छ । तीव्र ध्रुविकरणले पार्टीमा फेरि विभाजन नदेखिएला र भन्ने अवस्था आएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा छ । दुवै जना राप्रपा नेपालको पुष्ठभूमिका नेताहरु हुन् । राप्रपा नेपाल गठन भएदेखि नै अधिकांश समय अध्यक्ष रहेका थापालाई लिङ्देनले चुनौती दिएका छन् । उनले थापाकै नेतृत्वमा राप्रपा उँभो लाग्न नसक्ने दाबी गर्दै आएका छन् । थापा र लिङ्देन उनीहरुको समर्थकहरुबीच आरोप(प्रत्यारोप चलेको छ । प्रतिस्पर्धा तीव्र हुँदै जाँदा धेरै कार्यकर्ताहरुमा भने महाधिवेशनले राप्रपाको एकता कायम राख्छ कि राख्दैन भन्ने विषयमा चिन्तासमेत देखिएको छ । विगतमा पनि महाधिवेशनको विवाद समाधान हुन नसक्दा राप्रपा विभाजन भएको इतिहास छ । त्यसले अहिले दुवैतर्फ देखिएको प्रतिस्पर्धाले प्रतिनिधिहरुमा चिन्ता बढाएको छ ।
२०७६ सालमा राप्रपा थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले एकताको घोषणा गरेका थिए । ०७५ कात्तिकमा दुई राप्रपाको एकता प्रक्रिया फेरि सुरु भयो । त्यसअघि २०७३ मंसिरमा एकीकरण भएको राप्रपा २०७४ को साउनमा विभाजित भएको थियो । ०७४ साउनमा सरकार प्रवेशको विषयमा मतभेद भएपछि राप्रपा अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्यो र राणाले पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए । दरबारले पञ्चायती व्यवस्था अन्त्यसँग पूर्वपञ्चहरुलाई संगठित गर्ने कोसिस गरेको थियो । एउटा शक्तिशाली पार्टी स्थापना गर्न मातृकाप्रसाद कोइरालालाई अघि सारेको थियो । २०४७ वैशाखमा गरेको दरबारको तयारीमा पूर्वप्रधानमन्त्रीहरू कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई उपाध्यक्ष राख्न खोजेको थियो । त्यसमा राणा, लोहनीलगायत नेता पदाधिकारी हुन्थे । तर जेठ १५ गते पूर्वपञ्चहरूको दुई फरक दल गठन भए । बौद्धस्थित छिरिङ तेन्जिङ शेर्पाको घरमा सूर्यबहादुर थापाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) र पशुपतिशमशेर राणाको घरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) जन्मभयो । शक्तिशाली दल नबन्ने देखेपछि पूर्वपञ्चहरु नेपाली कांग्रेसमा प्रवेश गर्न थाले । राजनीतिका धुर्त खेलाडी कमल थापा यस पटक पनि जसरी भए पनि अध्यक्ष बन्ने योजनामा छन् । तर माहोल लिङदेनको पक्षमा देखिएको छ । विर्नाचनबाट थापा पराजित भएको खण्डमा हार स्वीकार गरेर बस्ने पक्षमा छैनन् । थापा पराजित भएको खण्डमा तत्कालै उनी अर्को संगठन खोलेर नेता बन्ने छन् ।