Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थापा, सिटौला र पौडेललाई लिएर बालुवाटार छिरे देउवा

काठमाडौं । राजनीतिक अन्योल कायमै छ । राष्ट्रपतिको विर्नाचनमा कसले बाजी मार्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ताको लागि बालुवाटार पुगेका छन् । सभापति शेरबहादुर देउवा महामन्त्री गगनकुमार थापा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लिएर बालुवाटार पुगेका थिए । त्यसको केहीबेरमै वरिष्ठ नेता रामचन्द्र पौडेलपनि पुगेका थिए । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रचण्ड एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरुको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । तर, २६ पुषमा संसद्मा विश्वासको मत लिँदा भने कांग्रेसले पनि मत दिएपछि भने उनी राष्ट्रपतिमा साझा सहमति खोज्ने निश्कर्षमा पुगेका छन् । प्रचण्डको पछिल्लो रणनीति एमालेसँग अलग हुने रहेको चर्चा छ । एमाले नेतृत्व भने प्रचण्डले सहमति पालना गर्नुपर्नेमा जोड दिँदै आएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपतिबारे निर्णय लिन भोलि पार्टीको पदाधिकारी बैठकसमेत बोलाएका छन् ।