Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थैलो खोज्दा बोल्न नसकेका वर्षमान

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आउने व्यक्तिबाट थैलोको अपेक्षा गरिरहेका सरकारका सञ्चालकहरु यतिबेला सडकको आक्रोशबाट बच्न एकले अर्कोलाई दोष थोपरिरहेका छन् । यस पटक कार्यकारी निर्देशक नियुक्ति गर्दा थैलो खोज्नेमा पहिलो नम्बरमा वर्षमान पुन रहेका छन् । त्यसैले त उनी कुलमानको प्रस्ताव लिएर क्याविनेटमा पुगेकै छैनन् । कुलमानलाई पन्छाउन पाए अरुसँग ठूलै थैलो पाइने आशामा छन् क्रान्तिकारी नेता वर्षमान पुन पनि । राजधानीका सडकहरु कुलमानमय भए पनि सरकारले भने कुलमानलाई चार वर्षे कार्यकाल सक्याएर बिदबारी गरिसकेको छ । विभिन्न दवाव समूहहरु गठन गरी युवाहरु कुलमानका पक्षमा सडकमा निस्कन थालेका छन्। विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट भर्खरमात्र रिटायर्ड भएका कुलमान घिसिङलाई अर्को कार्यकालका लागि पनि पुन सोही पदमा नियुक्ति दिनुपर्ने सडकमा प्रदर्शनहरु बाक्लिएका छन्।

स्वदेशको दवावलाई टेरेजस्तो नगरेको सरकारलाई थप दवावका लागि विदेशक शहरहरुबाट पनि नेपाललाई लोडसेडिङ मुक्त राख्नुपर्छ र त्यसका लागि कुलमान नै पुन नियुक्त गरिनुपर्छ भन्ने आवाज उठाउन थालिएको छ। बिहीबार अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले कुलमानका पक्षमा प्रदर्शन गर्दै नेपाल सरकारलाई विदेशबाट पनि दवाव रहेको सन्देश पठाए। मुलुक नै कुलमानमय भएका भेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भने उनको पुननियुक्तिबारे केही बोल्दैन। यसले सडकमा आक्रोश बढ्न थालेपछि विद्युत प्राधिकरणको तालुकवाला मन्त्रालय उर्जा मन्त्रालय सम्हालेका मन्त्री भने सडकको आक्रो आफूतिर होइन प्रधानमन्त्रीतिरै झोसेर सुखको श्वास फेर्ने प्रयत्नमा लागेको पाइएका छन्। बिहीबार विहान मन्त्रिपरिषद्को बैठक बस्ने सूचना पाएपछि मन्त्री पुनको सचिवालयका तर्फबाट उनका सहयोगी दुर्गाप्रसाद चापागाईँले सामाजिक सन्जाल फेसबुकमा एउटा स्ट्याटस नै लेखेर उर्जामन्त्री पुनले कुलमानकै पुनर्नियुक्तिका लागि मन्त्रालयको तर्फबाट प्रस्ताव नै तयार गरे मन्त्रिपरिषद्मा बुझाएको जानकारी सार्वजानिक गरे।

त्यसमा उनले कुलमानको नियुक्ति चाँडै नै हुने आशा पनि व्यक्त गरेका थिए। सो स्ट्याटस पढ्दा प्रष्टै बुझिने कुरा के थियो भने उर्जामन्त्री पुन कुलमानकै पक्षमा छन् उनले त प्रस्ताव नै बनाएर यसअघि नै प्रधानमन्त्रीलाई बुझाएका हुन्, तर प्रधानमन्त्री नै कुलमानका बाधक हुन्, कुलमानबारे मलाइ आरोप नलगाऊ जे लगाउनु छ प्रधानमन्त्री ओलीलाई नै लगाऊ भन्ने नै हो। राजधानीका सडकहरुमा युवाहरु उग्र बन्दै जाँदा हुनसक्ने दुर्घटना र त्यसका कारण हुने बद्नामीबाट बच्न यस्तो चाल गरे पनि स्ट्याटस लेखिएकै दिउँसो साढे दुई बजेदेखि ४ बजेसम्म बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री पुनले कुलमानको नियुक्तिबारे एकशब्द पनि उच्चारण गरेनन्। स्रोतका अनुसार, मन्त्रिपरिषद्मा अरु पनि विविध विषयमा छलफल र चर्चा भएका थिए र तर न कुलमानको प्रस्ताव आएको जानकारी प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा भने न त तालुकवाला मन्त्री बर्षामान पुनले नै मैले यस्तो प्रस्ताव पठाएको थिएँ निर्णय गरौं भने। उनी चूपचाप बसेका थिए।
प्रधानमन्त्री विरुद्ध घृणा बढाएर उनकै मन्त्रिपरिषद्मा बस्दा आफ्नो पनि इज्जत बाँकी रहँदैन भन्ने बर्षामानजस्ता चतुर खेलाडीले नबुझेका होलान् नत्र भने कुलमान नियुक्तिको प्रस्ताव के कारणले अड्किएको हो भन्ने कारणसहित जनतालाई जानकारी दिन ढिला भइसकेको छ।