Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थैलो चढाउने सबै योग्य

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि एमालेका केपी ओलीको जस्तै अहंकारी रोग लागेको छ । ओलीले झापाली र पार्टीमा गुटको चासो लिन्थ । तर देउवाले आफ्नो भेगको निर्णयलाई चासोका साथ हेर्ने गर्छन् । अधिकांस नियुक्ति, सरुवा–बढुवामा पैसाकै चलखेल हुन्छ । पैसावाल सुदूरपश्चिमे भएपछि कुनै पनि पदमा योग्य मानिन्छ । त्यसमा बालुवाटारको गिरोह त जोडिनेनै भयो । देउवा परिवारलाई ५० लाख बुझाएका भुवन केसीलाई चलचित्र बिकास बोर्डमा अध्यक्ष बनाइयो । उनी बैशाख २० गते कांगे्रस प्रवेश गरेका चैते हुन् । कुनै बेला एमालेका खञ्चुवा ईश्वर पोखरेलका सेवक थिए केसी । सबिधानसभा निर्वाचनमा काठमाण्डौ ५ बाट केसीलाई समानुपातिक सभासद्को उमेदवार बनाउने पार्टी एमालेनै हो । शिक्षा माफियाको काम गर्ने नालायक सिद्ध भएका डिल्लिराम रिमाललाई शिक्षा सेवा आयोगको सदस्य बनाएको छ । उनलाई अख्तियारले पनि निशानामा राखेको छ । राष्ट्रिय योजना आयोगमा पनि त्यस्तै पात्र लगिएको छ । विश्व पौडेल र अरनिको पाण्डे त्यस्तै चरित्रका हुन् । एमालेका गोकुल बास्कोटाले टेलिकममा ल्याएका प्रबन्ध निर्देशकले संस्था डुबाएकै थिए । प्रम देउवाको टीमले सुनिल पौडेललाई प्रबन्ध निर्देशक बनाएको छ । डनका रूपमा परिचित बिकल पौडेललाई मुद्रण तथा सुरक्षण विभागको निर्देशक बनाइएको छ । पौडेल उनै व्यक्ति हुन् जसले ७० करोड काण्डका योजना बनाएका थिए । उनीमाथि यौन दूव्र्यवहारको आरोप पनि लागिसकेको छ । जो बिबादमा छ उसैलाई पुन नियुक्ती दिलाउने काम बालुवाटारको भएको छ । राजदुत बनेर ओमनबाट फर्कन नपाउँदै म्यानपावर व्यवसायी सर्मिला पराजुली स्पेनको राजदुत भएकी छन् । बेलायतबाट फर्केका दुर्गाबहादुर सुबेदी जापानको राजदुत भएका छन् । सुरक्षा समूहमाथिको हस्तक्षेप त झन देउवा सरकार बदनामै छ । ऐन नियम तोडेर भएका गलत निर्णयलेनै संस्थागत भद्रगोल चम्काएको हो । त्यसमा म्याडको द्रव्य मोहले राम्रै काम पाएको छ ।