Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको ‘मार्सल लका कारण यो वारेन्ट जारी गरिएको हो ।
पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए । तर, चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । त्यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइएको थियो ।
मार्सल ल लागु गर्ने युनको निर्णयमाथि अनुसन्धान भइरहेको छ । उनीमाथि विद्रोह र देशद्रोहको आरोप लगाइएको छ ।
अनुसन्धानका क्रममा विगत दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका निम्ति तीन समन पठाइए पनि उनले बेवास्ता गरेका थिए । त्यसपछि यो वारेन्ट जारी गरिएको हो । वारेन्टमार्फत अदालतले अनुसन्धानकर्तालाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ ।
आइतबार राति अनुसन्धानकर्ताले विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा पक्राउ पुर्जी मागेका थिए । तर, युनका वकिलले अनुसन्धानकर्ताको यो कदमलाई अवैध भनेका छन् ।
मार्सल लको घोषणापछि दक्षिण कोरिया राजनीतिक संकटमा छ । युन र उनका उत्तराधिकारी दुवैलाई महाभियोगमार्फत हटाइएको छ ।
२०८१ पुष १९
ताजा नेपाल
२०८१ पुष १९
ताजा नेपाल
२०८१ पुष १९
ताजा नेपाल