Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाभियोग खारेज, कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डुक–सूमाथि लगाइएको महाभियोग खारेज गरिदिएको छ । अदालतको निर्ययसँगै उनी कार्यवाहक राष्ट्रपतिका रूपमा पुनर्बहाली भएका छन् ।

आठमध्ये सात न्यायाधीश हानमाथिको महाभियोग खारेज गर्ने पक्षमा उभिएका थिए । एकजना न्यायाधीशले असहमति जनाएका थिए ।

अदालतको निर्णयसँगै अब उनले अहिलेका राष्ट्रपति तथा अर्थमन्त्री चोई साङ–मोकलाई विस्थापन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत डिसेम्बरमा विपक्षी डेमोक्रेटिक पार्टीले हानमाथि महाभियोग लगाएको थियो । संवैधानिक अदालतका तीन न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेपछि उनीमाथि महाभियोग लगाइएको थियो ।

पुनर्बहालीपछि हानले अदालतलाई धन्यवाद दिएका छन् । अब म कार्यवाहक राष्ट्रपतिका रूपमा आफ्नो उत्कृष्ट दिनेछु । देशको प्रशासनलाई स्थायित्व दिनेछु, उनले भनेका छन् ।


सम्बन्धित समाचार