Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दम्पत्तीको हत्या गर्ने अभियुक्त पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गर्ने २ जना अभियुक्तलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर, ललितपुर महानगरपालिका(२५ भैसेपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका(७ घर भएका २० वर्षीय किरण कुमार मगर र काठमाडौं महानगरपालिका(७ चावहिल बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका(१० घर भएका २४ वर्षीय सुमन राई रहेका छन् ।
२०७६ कात्तिक १९ गते राति ती दम्पत्तीको हत्या भएको घटनाको सम्बन्धमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेका मगरलाई ललितपुर महानगरपालिका(२५ भैसेपाटी र राईलाई काठमाडौं महानगरपालिका(७ सरस्वतीनगर चावाहिलबाट पक्राउ गरेको हो ।
घटनामा प्रयोग भएको हतियार सहित दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाइएको उक्त व्यूरोले जनाएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल