Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दम्भ र अहंकारले टाढिएको छाया

राजनीति नभई भएन, सरकार ठिक छैन । जनताले निराशा प्रकट गर्छन् । जसरी पनि आफैं बन्नै पर्ने अहंकारले मान्छे आफ्नै सारथीबाट टाढा हुन्छ भन्ने कुरा नेपाली काँगे्रेसमा देखिँदैछ । वरिष्ठ नेताको उपाधि पाएका रामचन्द्र पौडेललाई अब काँग्रेसको निर्णायक स्थानमा नपाइन सक्छ । किनकि उनी आँट गर्ने स्थानमा थिए तर अडान लिन सकेनन् । कम्युनिष्ट पार्टीको नाउमा केपी ओली आफैं निर्णायक, आफैं उद्घोषक भए । सामूहिकतामा चल्ने कम्युनिष्ट पार्टी एमाले वृत्तमा अव व्यक्तिवाद हावी भयो । त्यो स्थिति स्थायी समिति पोलिटब्यूरोसम्म पुगेको छ । समिति त फरक छन् तर सबैमा ओलीकै एकल स्वामित्व हुने भयो ।
ओलीको लहडमा चल्ने एमालेका कार्यक्रमले देशलाई कस्तो सन्देश दिन्छन् भन्ने कुरा संसद गतिरोधले पनि देखायो । एमाले संसदप्रति कति बफादार छ भन्ने कुरा यहाँ देखिँदैछ । काँग्रेसका रामचन्द्रको त्याग, समर्पण, गुटले खेलायो । उनले कठिनाई भोगेनन् । राजनीति फाइदा हुने स्थाननै उनले पकड गरेका थिए । तनहुँको हकमा जहाँ सजिलो हुन्छ त्यहाँ उम्मेवदार हुने, चुनाव जित्ने काम नगर्ने आफू सत्तामा बस्ने जिल्लावासीभन्दा अरु नै विश्वासिला ठान्ने शैली प्रवृत्तिगत रुपमा आयो । आफ्नै उपस्थिति जनाएर जनताकाबीचमा लोकप्रिय गोविन्दराज जोशीलाई पौडेलले नै पार्टीबाट खेदाए । त्यसैको पाप अहिले सहनु प¥यो । नत पार्टीमा ठाउँ रह्यो, नत कार्यकर्ता । अब छायाँ मात्र छ । दम्भ, अहंकारको स्थान छैन । पौडेल र ओलीकाबीच तुलना हुँदैन । किनकि फरक पार्टी फरक विचारको बीचमा द्वन्द्व हुन्छ, दृष्टिकोण फरक हुन्छ । काँग्रेस र एमालेकाबीचमा चारित्रिक रुपमा फरक छैन । जब नेताको स्वार्थमा भिन्नता छैन भने त्यो पार्टी फरकले केही गर्दैन । दलका नेताले पदीय कुण्ठालाई बढी महत्व दिन थालेका छन् । टिममा काम नगर्ने समकक्षी को खेदो खन्ने केपी ओली प्रवृत्तिबाट काँग्रेस, माओवादी जोगिन सक्छन् ? अब शंका छ । काँग्रेसमा शेरबहादुरको बलियो उपस्थिति छ । एमालेमा ओली बा भन्नेले पाउँछ विचार र विविधता प्रदर्शन गर्नेलाई ठाउँ छैन । तर ओलीको जस्तै स्थिति देउवा र प्रचण्डलाई प्राप्त छैन । किनकि प्रचण्ड माओवादी आन्दोलन जोगाउन नसकेको आरोप सहन बाध्य छन् । समयले पनि त्यस्तै बनाएको छ । मोहन वैद्य, नेत्रविक्रम चन्द, गोपाल किराँती, माओवादकै वरपर छन् तर पार्टी फरक । डा. बाबुरामले कम्युनिष्ट पार्टी नै त्यागेर समाजवादको आवश्यकता महसुस गर्दै नयाँ शक्ति बनाए । त्यो मधेशतिर पुगेको छ ।
जनताले आशा गरेका नेता काँग्रेस र माओवादीमा धेरै छन् । तिनको पार्टीमा स्थान छैन । जब कार्यकर्ता रुचिमा परेका नेताहरूले पार्टीको उचित स्थान पाउँदैनन् त्यस बखत कार्यकर्तामा निराशा बढ्छ । देश र जनताको तत्कालिन आवश्यकता पूरा गर्न दलालहरू सक्दैनन् । त्यसबखत जनविद्रोह हुन्छ । देश आदीवासी जनजातिको वरपर छ । सबै दलले आदिवासी जनजाति, महिला, दलित, मुुस्लिम, पिछडिएको क्षेत्रसम्मलाई जबर्जस्त लिन पुगेका छन्, यसको शुत्रधार माओवादी नै हो । अहिले ध्यान परिवर्तनको संस्थागत विकास हो । त्यसका लागि आवश्यक कानुनको प्रबन्ध गर्नैपर्छ ।
संसदीय सर्वोच्चताको गुड्डी हाँक्ने नेकपा एमालेमा ओलीको भूतले ग्रस्त बनाएको छ । संघीयता, गणतन्त्र र समावेशीताका विरोधी ज्ञानेन्द्र पथको संरक्षक बन्न उनी पार्टीमा सर्वोच्च कमाण्डर भएकै छन् । उनको विकासे विगुल बज्न छाडेको छ । आयोजना पूरा नहुँदै उद्घाटन गर्न हतार ओलीलाई शिलालेखवादी अध्यक्ष भन्नै पर्ने भयो । योजनाले पूर्णता पाउन २ वर्ष लाग्छ तर उद्घाटन भएको धरहरामा प्रवेश कसैलाई छैन । सिंहदरबारमा बेथितिको चाङ छ । सरकारको नीति कमिशनको चक्करमा कुनै गाडी खरिद नगर्ने, महंगीको आधारमा खर्चको अनुपात घटाउने उधेश्य लिएको थियो । तर पनि प्रदेश तहको सरकारलाई संघीय सरकारको त्यो योजनाले छोएन ।
मियो ठिक भएन भने विकृति बढ्छ । भ्रष्टाचारीको नियन्त्रण गर्न सकिन्छ तर ५ लाखको काम १५ लाख बढाएर झ्वाम पार्ने नीतिगत काम भएकाले चरणवद्ध विकास बन्यो । तत्काल देशमा पानी जहाज, रेल र घरघरमा ग्यासका पाइपका कुरा निकै फलाकियो । स्थानीय सरकार काठमाडौं महानगरले मनोरेल र मेट्रो रेलको कुरा ल्यायो । तर दैनिक उत्सर्जन हुने घरघरको फोहोरको स्थायी व्यवस्थापन गर्न समेत सकेन । त्यहाँको नेतृत्व पनि केपी ओलीकै आदेशमा चल्थ्यो । नेताले विचार पु¥याउन नसक्दा पार्टीमै कसरी विरानो भइन्छ भन्ने वास्तविकता काँग्रेसका रामचन्द्र, प्रकाशमान, विमलेन्द्र निधि भएका छन् । उनीहरू काँग्रेस हुन् तर ठाउँमा छैनन् । त्यो स्थिति एमालेमा धेरै छ ।