Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दयाहाङले एक बर्ष नयाँ फिल्म साइन नगर्ने

नायक दयाहाङ राईको हातमा डेढ दर्जन फिल्म छ । रिलिज हुन बाँकी रहेका र छायाङ्कनमै नगएका फिल्मको संख्या हेर्दा दयासँग आउँदो बर्षका लागि अहिले नै फिल्म भरिएका छन् । यो बर्ष मात्र दयाको ९ वटा फिल्म रिलिज हुने पक्का भएको छ । अर्को बर्ष दया अभिनित एक दर्जन बढी फिल्म रिलिजमा आउँदैछन् । दयासँग आफूले अभिनय गरेको फिल्मको प्रचार गर्ने समय समेत छैन । फिल्म ‘भूठान’को छायांकन सकेर अमेरिकाबाट फर्किएका दया बिहिबार फिल्म ‘दयारानी’को प्रचारमा भेटिए । पत्रकारहरूको प्रश्नमा दयाले आफूले अब एक बर्ष फिल्म साइन नगर्ने घोषणा गरे । तर, आफूले साइन गरेका ५ वटा फिल्मको घोषणा नभएकाले यसलाई त्यसमा राख्न नहुने उनको भनाई थियो । दयाले अगाडि भने–‘अब एक बर्ष म नयाँ फिल्म साइन गर्दिनँ । तर, मैले ५ वटा फिल्म साइन गरिसकेको छु । यसैले, त्यो ५ वटा फिल्मको घोषणा कुनै दिन हुनसक्छ । यो कुरा भने स्पष्ट पार्न चाहन्छु ।’
दयाका अनुसार, उनले अब काम गर्न लागेको फिल्म ‘घर ज्वाइँ’ सात बर्ष अगाडि साइन गरेका हुन् । उनले, आफूले साइन गरेका फिल्मको छायांकन अब सक्ने बताए । दया अभिनित दुई फिल्म माघको २६ गते एकसाथ रिलिज हुँदैछन् । यो मितिमा ‘दयारानी र हात्तीछाप’ रिलिजको तयारीमा छन् । दयाले, एकसाथ फिल्म रिलिजको अनुभव पहिले पनि गरिसकेका छन् । यसअघि वैशाखको १ गते उनी अभिनित ‘जारी र बिहे पास’ रिलिजमा आएका थिए । दयाले भने–‘यसलाई फिल्म जुध्न लागेको भनेर वुझ्न हुँदैन । दर्शकको आ–आफ्नै स्वाद हुन्छन् । यसैले, एकसाथ फिल्म रिलिज हुँदा मलाई कही कतै दबाब त हुन्छ नै । तर, पनि अहिलेको अवस्थामा दुई फिल्म रिलिज हुँदा हल नै नपाउने समस्या भने छैन ।’


सम्बन्धित समाचार