Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दया र रिस्मापछि जोडिए सौगात

नायक सौगात मल्लले नयाँ फिल्म साइन गरेका छन् । उनले, ‘रिमै’ नामक फिल्म साइन गरेका हुन् । सौगात मल्ल जोडिएसँगै यो फिल्मको लाइनअप पुरा भएको छ । फिल्म ‘रिमै’मा नायक दयाहाङ राई र नायिका रिस्मा गुरुङ जोडिसकेका छन् । दया, सौगात र रिस्मा जोडिएपछि यो फिल्मको लाइनअप बलियो बनेको छ । यी तीन कलाकारले फिल्म ‘कबड्डी कबड्डी’मा एकसाथ काम गरेका थिए । दर्शकले यी तिनको केमेष्ट्रीलाई रुचाएका छन् । खिलबहादुर गुरुङको निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्ममा विरवल घलेको पनि अभिनय रहनेछ । उपेन्द्र सुब्बाले पटकथा लेखेको फिल्ममा कथा भने निर्देशक गुरुङ र कलाकार घलेको छ । फिल्मको हाल प्रि–प्रोडक्शनको काम चलिरहेको छ । यो फिल्मलाई फागुनबाट छायांकनमा लैजाने तयारी निर्माणपक्षले गरेको छ ।


सम्बन्धित समाचार