Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दर्जन जुवाडे समातिए

काठमाडौं । गोकर्णेश्वर नगरपालिका(५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवातास खेलिरहेका लामा समेत ६ जनालाई नगद १९ हजार १ सय ५० रुपैयाँ र १ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका(६ बौद्ध रामहिटीस्थित सोलुखुम्बु घर भएका ३६ वर्षीय निमा शेर्पाको हिमालयन शेर्पा किचनमा जुवातास खेलिरहेका शेर्पा समेत ५ जनालाई १ बुक तास र नगद २ हजार ७ सय ९० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार