Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दलाल र एजेण्टको घेरामा बालुवाटार

काठमाडौं । गाउँ खाने उखानै छ, सबै कुरा लच्छिन घैयाको बिउ कुलच्छिन । कम्युनिष्टहरूले धर्म मान्दैनन् भन्दै गर्दा माओवादी विचारको व्यवस्थापनले आर्थिक उन्नति गरेको चीनमा बुद्ध धर्म राष्ट्रिय धर्म हुने, श्रीलंका, वर्मा, बेलायत, जापानजस्ता देशमा बुद्ध धर्मको महिमा छ । पाकिस्तान र अरवीन देशहरूमा मुस्लिम भुटानमा बौद्ध बंगलादेशमा बुद्ध मुस्लिम, भारत धर्म निरपेक्ष राष्ट्र हुँदा हुँदै राष्ट्रवादी घारको शासन चलाउने गरी नरेन्द्र मोदीको भाजपाले बहुमत प्राप्त गरी दोस्रो पटक मोदी प्रधानमन्त्री भएकै छन् । तर हिन्दू राष्ट्र नेपाललाई क्रिश्चियनको डलर फिजाएर धर्म निरपेक्ष राष्ट्र बनाउने सुभाष नेम्वाङ, कृष्णबहादुर महराजस्ता कम्युनिष्ट पार्टीका नेताहरू भने सैतानको फेला परेका छन् । त्यही कारण सत्ताधारी र प्रतिपक्षी नेताको विवेक ध्वस्त हुँदा सरकारले जुन विधेयक ल्याउँछ त्यहाँ झगडा शुरु भएको छ । संसदमा जनताको आवाज दबेको छ । समयमा विचार नगर्ने, विधेयकहरूका सम्बन्धमा पार्टीमा छलफल नगरी कर्मचारीको जिम्मामा छाड्ने, चुनाव घोषणापत्र, सरकारको नीति तथा कार्यक्रमको ख्याल नगर्दा नेकपा नेतृत्व द्वन्द्वमा फसेको हो । सचिवालय बैठक बालुवाटारमा समेत सरकारले ल्याएका विधेयकहरूको प्रसंग उठ्यो । प्रधानमन्त्री ओलीले गुठी विधेयकबाट सरकारपछि हट्नु परेको बाध्यता कति बुझे ? ओलीमा दम्ब थियो, अहंकार छ, गुटबन्दीको ध्यान छ, राजनीतिक नियुक्ति गुटकै भरमा गरिएका छन् । घरै दुर्गन्धित हुनेले देश सुधार्छु भनेर हुँदैन । कपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव, नारायणकाजी, रामबहादुर थापाले घर सुधार्न सकेको भए देश सुध्रिन्थ्यो । जसले घर सुधार गर्दैन त्यसले टोल, गाउँ, नगर, जिल्ला, क्षेत्र, प्रदेश हुँदै संघीय सरकार सुधार्छु भन्न सकिँदैन । राजनीतिक दलहरूका लागि पार्टी घर हो । नेकपा नेतृत्व, सांसद, जनप्रतिनिधि (जो राज्यबाट भत्ता तलब लिन्छन् राज्यको सेवा सुविधा कुम्ल्याउँछन्) का लागि धुम्बाराही र पेरिसडाँडा घर हो । त्यही घरबाट राष्ट्रको शासक बनेका खड्ग ओलीले पहिले घरलाई वास्ता गरेनन् । ओलीको मनपरीले राज्य आक्रान्त छ । उनलाई देशको धर्म, संस्कृति, संरक्षण गर्नु छैन । उनलाई क्रिश्चियन जगाउँदै होली वाइन पिउँदै प्रभुको सेवक सैतानको दास बन्न पाए भएकै छ । प्रम ओलीका वरिपरि जमेका चरित्रहरूको विगत हेरे पुग्छ । विष्णु रिमाल, राजन भटराई, विष्णु पौडल, सुभाष नेम्वाङ, गोकुल बास्कोटाको राजनीतिक पृष्ठभूमि र यिनको विगतले ओली शासन जनपक्षीय हुन सक्दैन । सरकारको मुख्य सचिव भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । राष्ट्रिय सरोकारका आयोजनाका बारेमा बेखवर छ । जसले मेलम्चीको ठेकेदार भगायो उसैलाई प्राविधिक सल्लाहकार बनाउने कारण के थियो ? मेलम्ची विकास समितिको खर्चमा रु २ करोड ६० लाख सोझै भ्रष्टाचार गर्न सफल चरित्र थिए घनश्याम भट्टराई ? असक्षम बनेर वायुसेवाको महाप्रबन्धक पदबाट भागेका मदन खरेललाई निगम भत्काउन कार्यकारी अध्यक्ष बनाइयो । जसले प्रधानमन्त्री ओलीको लगानी रहेको हिमालयन एयरको पक्षमा वायुसेवा निगमको विदेश उडान हटाएर घुस खुवाईरहेको छ । तिनै खरेल आएपछि सरकार जमानी बसेर भिœयाइएको निगमको वाइडबडी जहाज ग्राउन्डेड गर्ने उडान स्वीकृति पाएको देशमा उडान नभर्ने गरिएको छ । त्यसैबाट वायुसेवा सुध्रिन्छ भनेर विश्वास गर्नु भ्रम हो । अधिकांश हिजोका लुटाहाहरूलाई संवैधानिक नियुक्ति गरिएको छ । पार्टीको राय सल्लाह छैन । केन्द्रीय समितिको बैठक बस्दैन । सरकारका एजेण्डा सचिवालयमा आउँदैनन् । सरकार एकपछि अर्को विवादको एजेण्डा ल्याउँछ । विषय विज्ञको खोजी हुँदैन । के प्रधानमन्त्री ओलीसँग देशका प्रत्येक इस्युसम्बन्धी ज्ञान छ । इञ्जिनियरले गर्ने काम कर्मकाण्डीले गरेर हुन्छ । डाक्टरको इस्युमा शिक्षक जोडिएस्र हुन्छ ? यस्तै स्थिति रहँदै गयो भने नेकपाको नेतृत्वको लागि जनताले दिएको बहुमत अब बढी भयो भन्नुपर्छ । जसले राजनीति निष्ठा पार्टीप्रतिको प्रतिबद्धताको कुरा गर्छ ऊनै बदनाम भएपछि प्रधानमन्त्रीका वरपरका सैतानको वास भो भन्दा हुन्छ । छलफल नगरी पार्टीको धारण नबनाइकन किन सांसदहरूलाई समेत मुर्ख बनाइँदैछ ? नीति, नियम, कानुन, विधि, प्रक्रिया बुझेका सांसदहरूले पनि समस्याको निकास दिन बहस चलाउन सक्थे । आखिर केपी ओलीले अजम्बरी खाएका छैनन् । उनको अध्यक्ष हुने धोको पूरा भो, ठूलो पार्टीको बलियो सरकारको प्रधानमन्त्री बन्ने सपना थियो पूरा भयो । बाँकी नेता र कार्यकर्ताका लागि पनि पार्टी चाहिन्छ । राजनीति गर्नु होला ? अहिलेका भ्रष्टाचारी सधैं मन्त्री हुँदैनन् । सधैं सांसद बन्दैनन् भन्नु बुझ्न सत्तापक्षमा सत्ता नपाएकाहरूले बुझ्नु जरुरी छ ।