Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राज्यलाई सुरक्षा संकट पर्दा सेना र प्रहरीभन्दा पृथक शक्तिको रुपमा स्थापना भएको सशस्त्र प्रहरी बल २५ वर्षमा प्रवेश गरेको छ । सीमा सुरक्षा, भिड नियन्त्रण, भिआईपी सुरक्षा, औद्योगिक सुरक्षा, राजश्व छली नियन्त्रण, विपद व्यवस्थापन र संकटपूर्ण परिस्थितिको सामना यो संगठनका जिम्मेवारी हुन् । देशको तत्कालिन आवश्यकता सुरक्षा चुनौतीसँग सामना गरेको सशस्त्र प्रहरी नेपाली सेना, नेपाल प्रहरी, गुप्तचर जस्ता संस्थाभन्दा फरक छ । व्यवस्था परिवर्तनका लागि देशमा चलेको शसस्त्र विद्रोह नियन्त्रणमा राज्यले दिएको जिम्मेवारी पूरा गर्दा सेना र प्रहरी जस्तो आलोचित हुनबाट बचेको यो संस्था आवश्यक जनशक्तिले पूर्णता छैन तर पनि आवश्यकता पूरा गर्न आफैंभित्रको शक्ति परिचालन गरेर दायित्व पूरा गरेको छ । जबकि त्यसको जनशक्ति ३६ हजार छ । सीमाका लागि १५ हजार जनशक्ति आवश्यक छ । गृह मन्त्रालयको अधिनमा रहेको सशस्त्रलाई हिमाल, पहाड, तराईको भूगोलसँग जोडिएको छ । सीमा सुरक्षा बिओपी विपद् व्ययवस्थापन र राष्ट्रिय सुरक्षाको जिम्मेवारी प्राप्त हुँदा दक्षिणसँग जोडिएका २६ उत्तरसँग सीमा जोडिएका १५ जिल्लाका दुर्गम क्षेत्रमा आफ्नो जनशक्ति पु¥याएको छ । सीमा अपराधसँग जोडिएको विषय लागू औषध तस्करी र राजश्व छली जस्ता काममा यो संगठन चुस्त देखिँदैछ । सीमामा स्थापना भएका बोर्डर आउटपोष्ट अहिलेको आवश्यकता पूर्ति गर्न सफल बन्दैछ । जबकि यो कान्छो शक्ति हो । सीमामा खटेको सशस्त्रको जनशक्ति विवादमुक्त भने छैन । शुरुमा यो ३३८५ जनाबाट स्थापना भएको हो । बाडी, पहिरो, भूकम्प जस्ता विपदमा यो शक्तिले राम्रो भूमिका प्रदर्शन ग¥यो । तर सीमा तस्करीमा कठोर बन्दा अपजस पनि सहेकै छ । संगठनमा आन्तरिक व्यवस्थापनमा टिमको भूमिका हुन्छ । नेपाल प्रहरीमा जस्तो काँग्रेस र एमालेले पार्टीको भातृ संगठनका रुपमा हस्तक्षेप गर्न सशस्त्रमा सकेका छैनन् । नेताका स्वार्थ अनुकुलको एकाघ बढुवा र सरुवा भने त्यहाँ नभएको होइन । बेलाखबत प्रहरीको अधिकार अपराध अनुसन्धन र पक्राउको जिम्मा लिने र दिलाउने प्रयास नभएको होइन । अधिकृतहरूको बढुवाका लागि सेनामा जस्तै मापदण्ड तोक्दा नेपाल प्रहरीलाई पनि त्यही बाटो लिन बाध्य बनाएको छ । राष्ट्रिय सुरक्षामा त्रिपक्षीय भूमिकामा उभिएको यो शक्ति श्रोत साधन र पूर्वाधारको अभावमा अलमलिएको पनि छ । राजश्व नियन्त्रणमा यो शक्ति सफल छ । दक्षिणको सीमामा २२० बिओपी उत्तरमा ८ बिओपीबाट दुई ठूला शक्ति राष्ट्रका सुरक्षा अंगसँगको सम्बन्धलाई कुटनीतिक दृष्टिले पनि हेर्नुपर्छ । संगठनलाई दलीय हस्तक्षेपबाट मुक्त गर्न संस्थालाई टिमको क्षमता निर्भर गराउँछ । देशकै स्थिति अस्थिरतामा जेलिँदा फौजप्रतिको युवा आकर्षण घट्नेक्रम पनि छ । त्यसका लागि नेतृत्वमा हुनेले दबाव सहनु हुँदैन । संस्थागत सुधार भेदभाव रहित व्यवहार जरुरी छ । अर्ध सैनिक बलका रुपमा रहेको सस्त्रलाई आधुनिक उत्तरदायित्व शक्तिका रुपमा रुपान्तरण गर्न आवश्यक नीति समय अनुकुल नियम भित्र बसेर जनमैत्री बनाउने दायित्व अहिलेको टिमको काँधमा छ । रजत जयन्ती मनाउने मात्र होइन जनजनमा संगठनको अपनत्व दर्शाउन नेतृत्वले सक्ला ? प्रश्न उठ्नु स्वाभाविक छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल