Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गरिनुपर्ने समय आज मंसिर १० गते सकिँदै छ। उक्त चुनावमा भाग लिन चाहने राजनीतिक पार्टीले आज कार्यालय समयभित्र दल दर्ता गराइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन यही मंसिर १ देखि आजसम्मको समय दिएको थियो। आयोगका अनुसार यसअन्तर्गत मंलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत ८० वटा दलले दल दर्ता गराएका छन्। आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूबारे मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत नामावली प्रकाशन गर्नेछ। निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल