Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी फिर्ता लिन बुधबार दिउँसो २ बजेसम्मको समय तोकिएको छ।
महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारी फिर्ता लिनुका साथै उम्मेदवारको नाम सच्याउने र मतदाता नामावलीमा छुटेका नाम समावेश तथा सच्याउने व्यवस्था गरिएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बुधबार दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिन र मतदाता नामावलीमा आवश्यक संशोधन गर्न सकिनेछ।
कांग्रेसको महाधिवेशन सुरु भएको बुधबार चौथो दिन हो। बुधबार नै बन्दसत्र सञ्चालन हुँदैछ। बन्दसत्रबाट सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित चारवटा प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने निर्वाचन कार्यतालिका छ।
२०८३ आश्विन २१
ताजा नेपाल
२०८३ आश्विन २१
ताजा नेपाल
२०८३ आश्विन २१
ताजा नेपाल