Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिगो शान्ति निमार्णमा प्रयत्नशिल छौ

काठमाडौं । सुरक्षित समाज र दिगो शान्ति निमार्ण गर्न, अपराधको प्रकृती र त्यसको नियन्त्रणको लागि स्थानिय नागरिकहरूले दिएको सुझाव अनुसार काठमाण्डौ उपत्यकामा सुरक्षा योजना लागु गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनु भयो ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुर, सामुदायिक प्रहरी सेवा केन्द्र, कीर्तिपुर र ट्याङलाफाटको सहकार्यमा बुधबार कीर्तिपुर नगरपालिकाको कृष्ण क्याटरिङग कीर्तिपुरमा आयोजना गरेको “सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणको लागि स्थानिय सरोकारवालाहरूसँग छलफल एंव अन्तरक्रिया” कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिनुहुदै सो कुरा उहाले बताउनु भएको हो ।
कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि पोखरेलले समुदाय प्रहरी साझेदारी कार्यक्रमले विकास र सुरक्षामा चासो राख्ने आम नागरिकलाई एकै थलोमा उभ्याउन सफल भएको भन्दै सार्वजनिक कार्यक्रममा उठेका जिज्ञासाहरूले भावी रणनीति तय गर्न सहज हुने भएकाले आफुले सोही अनुसार स्थानियहरूको सल्लाह सुझावलाई समेटदै,अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायत शान्तिसुरक्षासंग सम्बन्धित योजनाहरू लागु गर्ने बताउनु भयो । सुरक्षा निकाय र नागरिकले हातेमालो गर्दै अगाडी बढेमा नेपाल सरकारले हाल सुरक्षामा गरिरहेको लगानी घटन जाने र त्यो लगानी विकास निर्माण कार्यमा लागाउन सकिने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
आफ्ना आफन्तबाट नै धेरै घटनाहरू घटेको स्मरण गराउदै सुरक्षित समाज निर्माणको लागि सवैको सहयोग र सहकार्यको आवश्यकता पर्ने बताउदै प्रहरी समुदाय साझेदारी कार्यक्रम मार्फत नागरिकहरूसंग अझ नजिक हुने हुनाले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन आग्रह गर्नु भयो ।
कार्यक्रमामा किर्तीपुर नगरपालिकाका मेयर रमेश कुमार महर्जनले सुरक्षित समाज निर्माणको लागी नागरिक स्वयम सचेत भएमा मात्र सम्भव हुने बताउदै नगरपालिकाको तर्फबाट सुरक्षाको लागि बजेट छुट्याएको जानकारी दिनु भयो ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल