Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिनभर कति खाने नुन ?

 

काठमाडौं । खानामा नुन किन राखिन्छ,  मानिसहरुको सामान्य जवाफ आउँछ, खानालाई स्वादिलो बनाउन । स्वाद अनुसारको नुन राख्नाले खाना स्वादिलो हुन्छ भन्ने मान्यता छ । तर हामीमध्ये धेरैलाई दैनिक कति नुन खानुपर्छ भन्ने थाहा छैन । धेरै नुन खानाले नुन खानु स्वास्थ्यको लागि राम्रो होइन ।

यदि तौल घटाउनु छ भने खानामा नुनको मात्रा घटाउनुपर्छ । डाइडिङ गर्दा पनि त्यसकमा नुनको मात्रा अत्याधिक कम गर्नु आवश्यक हुन्छ । आज हामी तपाइँहरुलाई दैनिक कति नुन खानुपर्छ भन्ने बारेमा जानकारी दिन गइरहेका छौँ । शरीरमा पानीको मात्रालाई नियन्त्रणमा राख्नको लागि नुनको आवश्यकता पर्छ । नुन धेरै खाएपछि पानी पनि धेरै खानमन लाग्छ । शरीरमा पानीको मात्रा धेरै हुनेबित्तिकै वाटर रिटेन्सनको समस्या हुन्छ । साथै मोटोपनको समस्या पनि हुनजान्छ ।

यसका साथै शरीरमा नुनको मात्रा कमि भएमा पनि डायरियाको समस्या हुनसक्ने सम्भावना छ । नुनको कमी हुनाले मांसपेशिमा थकाई र डिहाइड्रेसन ९शरीरमा पानीको कमी०ंको समस्या हुनसक्छ । एक ब्यक्तिको लागि दैनिक ५ देखि ६ ग्राम नुन खानु फाईदाजनक हुन्छ । यति नुन खानाले सोडियमको मात्रा शरीरमा भईरहन्छ र उच्च रक्तचापको समस्याबाट पनि मुक्ति पाईन्छ ।

यदि आफ्नो खानामा नुनको मात्रा कम गर्न चाहानुहुन्छ भने बट्टामा बन्द गरेर राखिएका खानुकुराहरु नखानुस् । खानैपरे पनि पहिले नुन नराखी बनाउनुहोस् र पछि नुन राखेर खानुहोस् । सेतो नुनको साथमा प्राकृतिक नुन प्रयोग गर्नु स्वास्थको लागि लाभदायी हुन्छ ।