Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल ३ दिन हिरासतमा रहने भएका छन्। उनी माथी अनुसन्धान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो। सोमबार बिहान टोखाबाट पक्राउ परेका उनलाई प्रहरीले लगत्तै जिल्ला अदालत, काठमाडौमा उपस्थित गराएको थियो। त्यस पछि अदालतले अग्रवाललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । जनकपुरका दिनेशप्रसाद साहले आफूसँग ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिए पछि प्रहरीले सेयर कारोवारी अग्रवालको खोजी थालेको थियो ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल