Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘दिमाग खराब’को रिलिज मंगलबारसम्म नरोकिने

काठमाडौं । फिल्म ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म नरोकिने भएको छ । आज नेपाल चलचित्र संघसँग फिल्मका निर्माताहरुले बार्ता गरेका थिए । बार्ता नटुंगिएपनि सकारात्मक रुपमा अगाडि बढेको संघका महासचिव नरेन्द्र महर्जनले उल्लेख गरेका छन् । आगामी मंसिर ५ गते केही बुँदामा छलफल गर्ने सहमती भएसँगै ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म गर्ने निर्णय गरिएको हो । यसपछि, फिल्म रिलिज हुने या नहुने भन्ने कुरा निर्माता र संघबिचको वार्ताले निक्र्यौल गर्नेछ । शुक्रबारदेखि रिलिजमा आएको यो फिल्मका निर्माता रौनक विक्रम कँडेल र निर्देशन निश्चल बस्नेतले हलमा दर्शकको उपस्थिती बाक्लो हुँदा पनि शोज बाँडफाँडमा विभेद भएको भन्दै भोली शुक्रबारदेखि हलबाट फिल्म उतार्ने चेतावनी दिएका थिए । साथै, उनीहरुले विदेशी फिल्म सरह शो नपाएको खण्डमा र फिल्म हलमा रिलिज भइन्जेलसम्म शेयर आधा–आधा नभएको खण्डमा फिल्म हलबाट उतार्ने चेतावनी दिएका थिए । यसपछि, भोलीका लागि हलहरुले ‘दिमाग खराब’को शोज सार्वजनिक समेत गरेका थिएनन् । चलचित्र संघसँगको वार्तापछि भोली पनि फिल्मको रिलिज अगाडि बढ्नेछ । शुक्रबारदेखि रिलिजमा आएको यो फिल्मले बलियो वर्ड अफ माउथका कारण आक्रामक व्यापार गरिरहेको छ ।


सम्बन्धित समाचार