Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नायक प्रदीप खड्काले आफ्नो करिअरमा नाम चलेकादेखि नयाँ नायिकासँग काम गरे । प्रदीपको करिअरमा जोडिएका केही नायिकाहरू अहिले स्टार छन् । उनै, प्रदीप खड्काको अहिले नायिका दिव्या रायमाझीसँग चर्चा बढी छ । उसो त, यी दुईले एकपछि अर्को फिल्ममा काम गरेका कारण पनि हुनसक्छ, दर्शकको नजरमा यो जोडी परेको छ । ‘एक्टरः टेक वान’मा एकसाथ काम गरेपछि सुरु भएको यी दुइको यात्रा ‘पिताम्बर’मा पनि जारी छ । फिल्मी बजारमा यी दुइको प्रेम चर्चा पनि चलिरहेको छ । तर, दुबैले यो कुरा स्विकार भने गरेका छैनन् । फिल्म ‘पिताम्बर’को गीत रिलिजमा कार्यक्रममा पनि यो जोडी निकै खुल्यो । एक अर्काको प्रशंसा पनि गरेर यी दुई थाकेनन् । एकसाथ मिडियामा तस्वीर खिचाए । प्रदीपलाई मिडियाकर्मीले सोधे, के तपाइले बल्ल सुहाउँदो जोडी पाउनुभएको हो ? यसमा प्रदीपले भने–‘बल्ल आएर सुहायो भन्नुभयो । मलाई पहिलेदेखि नै म धेरै नै राम्रो रहेछु कि भन्ने लागेको छ । सबैले हाम्रो कामलाई मन पराइदिनुभएको छ । यो राम्रो कुरा हो ।’ यता, नयाँ पुस्तामा दिव्या रायमाझीको विकल्प छैन भन्ने चर्चा समेत चल्न थालेको छ । यस बिषयमा के भन्छिन् दिव्या ? भनिन्–‘यो सबैको मायाले गर्दा हो । दर्शकको मायाले गर्दा हो । अरु त मैले के भन्नु ।’
२०८१ फाल्गुन ७
ताजा नेपाल
२०८१ फाल्गुन ७
ताजा नेपाल
२०८१ फाल्गुन ७
ताजा नेपाल