Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दीर्घरोगीलाई फाइजर खोप लगाउन शुरु (यी हुन् खोपकेन्द्र)

काठमाडौं । आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । आजदेखि मंसिर ४ गतेसम्म यो खोपको पहिलो मात्रा लगाइन लागेको हो। यो खोपको दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म दिईने छ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप देशभरका २४ वटा अस्पतालबाट लगाईने छ । लक्षित दीर्घरोगीले खोप लगाउन जाँदा उपचार गराइरहेको अस्पताल वा चिकित्सकले जारी गरेको उपचारसम्बन्धी पुर्जा अनिवार्य लैजानुपर्ने छ।

सरकारले तोकेका देशभरका खोपकेन्द्रहरु
– गंगालाल हृदयरोग केन्द्र, काठमाडौं
– शिक्षण अस्पताल, काठमाडौं
– वीर अस्पताल, काठमाडौं
– निजामती कर्मचारी अस्पताल, काठमाडौं
– वीरेन्द्र सैनिक अस्पताल, काठमाडौं
– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
– भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
– मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
– मेची अञ्चल अस्पताल, भद्रपुर
– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
– कोसी अञ्चल अस्पताल, विराटनगर
– गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराज
– नारायणी अञ्चल अस्पताल, वीरगन्ज
– जनकपुर प्रादेशिक अस्पताल, जनकपुर
– बिपी कोइराला क्यान्सर अस्पताल, भरतपुर
– धुलिखेल अस्पताल, धुलिखेल
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
– धौलागिरि अस्पताल, बाग्लुङ
– लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
– भेरी अस्पताल, नेपालगन्ज
– कर्णाली प्रदेश अस्पताल, सुर्खेत
– सेती प्रादेशिक अस्पताल, धनगढी
– डडेल्धुरा अस्पताल, अमरगढी