Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुईजना पत्रकार सञ्चार गृहबाटै प्रकाउ

काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ प्रभातलाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पक्राउ परेका व्यक्तिविरुद्ध साइबर अपराध, किर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा अनुसन्धान हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच चारबुँदे सहमति भएको भनेर लेखेको समाचारबाट ती कसूर आकर्षित भएको एसएसपी सिंहले दाबी गरेका छन् । समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल हो । काउन्सिलले स्पष्टीकरण सोधेपछि उज्यालो नेटवर्कले समाचार हटाएर माफी मागेको थियो । उच्च अदालत, पाटनले पनि समाचारको विषयमा पत्रकारलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

 


सम्बन्धित समाचार