Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सरकार त बन्यो एमालेका अध्यक्ष केपी ओलीको एकाधिकार पनि खोसियो । प्रधानमन्त्री शेर बहादुर देउवा हिजो गुमेको शारव फिर्ता गर्न चाहान्छन् । तर उनलाई पार्टी भित्रै सहयोग भएन । रामचन्द्र पौडेल, प्रकाशमान सिहं, कृष्ण सिटौला मात्र होइन बेला मौकामा महामान्त्री डा.शशाङ्क पनि आक्रमक बन्छन् । काँग्रेसका २ मन्त्री एक राज्यमन्त्रीबाट कसरी पार्टी धानिन्छ । माओवादका अर्थमन्त्री र उर्जामन्त्रीले त काम देखाए ।
गृहमन्त्रीले प्रहरीको सरुवा गर्न सकेका छैनन् । बरु स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले धमाधम काम गरेका छन् । उनलाई नीतिगत निर्णय गर्ने अधिकार छैन । स्वास्थ्य राज्यमन्त्री त आफै फाइल लिएर कुदलान तर मन्त्री बिनाका १५ मन्त्रालयको अवस्था सिहंदरबार भित्र असरल्ल छ । काँग्रेस आफै अराजक समूह हो । तर पनि नेताहरुले यर्थाथ बुझेका छैनन् ।
सत्ता गठबन्धनकै बदनाम भयो । असक्षम एकलकाटे गुटप्रेमी भन्ने आरोप खेपेकाले सत्यता बेहोर्न कठिन भएन । तर ओली हटेपछि बनेको अपेक्षा नगरेको १३८ जना भए बद्दमत पुग्नेमा १६५ दिलाउन कठिनाइ थिएन साथ त धेरैले दिए तर काम भएको छैन । काँग्रेसबाट मन्त्री बन्ने र माओवादीबाट मन्त्री बन्नेको नाँउ छनौट गर्न जति कठिनाइ भो त्यही रुप र रंग जसपामा छ । त्यहाँ उपेन्द्र यादव आफै नेतृत्व गर्न चहान्छन् । तर डा. बाबुराम भट्टराइर्, अशोक राई महेन्द्र यादवहरु यादवलाई रोक्न चहान्छन् । माओवादीमा नारायणकाजी श्रेष्ठलाई उपप्रम चाहिएको छ ।
चुनावमा पराजीत भएर पूनराष्ट्रिय सभा सांसद भएर आएपनि काजीलाई पुगेन । उनैले हरिवोल गजुरेल मन्त्री नपाए पासो लगाउने प्रचार गरेकै छन् । यहाँ दलीय नेतृत्वको आचरणको विषय गम्भीर पनि भयो । सत्ता स्वार्थ पद लम्पट चरित्र पनि देखियो । यस्तो किन हुन्छ । के नेताहरुलाई चेतना आएन । के गर्नु पर्याे जनताले के गर्ने हो कार्यकर्ताले ?
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल