Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई अध्यक्षबीचको संवादलाई निरन्तरता

काठमाडौं। पार्टी विवाद उत्कर्षमा पुगेको बेला नेकपाका दुई अध्यक्षबीचको संवादलाई निरन्तरता दिने सहमति भएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्ने उद्देश्यले प्रधानमन्त्री केप शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकारात्मक भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा छलफललाई निरन्तरता दिने सहमति भएको छ। दुई अध्यक्षबीच बुधबार ११ बजे स्थायी कमिटी बैठक बोलाउने पनि सहमति भएको बताइएको छ। पार्टीभित्रको विवाद समाधान गर्न भन्दै जारी स्थायी कमिटी बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजिक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन खोजेको अभिव्यक्ति दिएपपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि विवाद उत्कर्षमा पुगेको थियो। प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेपछि पार्टी विभाजनको संघारमा पुगेको नेताहरुले बताएका थिए। पार्टीभित्रको विवाद बढ्दै गएपछि स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्षबीच सहमति खोज्ने प्रयास जारी छ। बुधबार पनि दुई अध्यक्षबीच छलफल गर्ने सहमति भएको छ ।