Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई अध्यक्षबीच बालुवाटारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि प्रचण्डलाई बालुवाटार बोलाएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पार्टी एकीकरण र आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने सम्बन्धमा भएको भद्र समझदारीको विषयलाई लिएर दूरी बढेको समाचार सार्वजनिक भइरहेका थिए । यद्यपि, अजरबैजानको बाकुबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुबीच कुनै पनि प्रकारको दूरी नरहेको बताएका थिए ।
आइतबार नै भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका कामप्रति भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चीर्ने अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । सोमबार बिहान भएको भेटमा दुई नेताबीच पार्टी एकीकरण प्रक्रियाका बाँकी काम, आसन्न उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । ओली र प्रचण्डबीच एक्लाएक्लै वान टु वान बार्ता भएको जनाइएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल