Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई किलो सुनसहित तीन पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको प्रहरीले जनाएको छ ।
पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर ल्याइएको उक्त सुन प्रहरी टोलीले नागढुङ्गाबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको हो ।
सुन रसुवा नाकाबाट भित्र्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले जनाए ।


सम्बन्धित समाचार