Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीतिक चिन्तन छैन पार्टी क्लब जस्तो छ । संगठन छैन अल्गोरिदमको प्रचार छ नभएका काम ग¥यो भनेर सफेद झूट प्रचार गरेको छ । दलीय संस्कार छैन । समूहमा छलफल गर्दैन । देशको राष्ट्रिय स्वाभिमानको ख्याल छैन । मन्त्रालय घटाएर वाहवाह हुँदा सचिवालय दलाल र कमिशनमुखी विचौलियाबाट भरिपूर्ण छ । राज्य आतंक न्यायालय, प्रशासन, सुरक्षा फौज, कुटनीतिक क्षेत्र, प्रेस जगतसम्म फौलाएर लोकतन्त्रको धज्जी उडाउने बालेन्द्र पथका ेहुकुमी राज देशमा चल्दैछ ।
जनताले ग्यास सहज पाउँदैन २ हजार ६० हो ग्यास प्रति सिलिण्डर २२५० देखि २३ सयसम्म अशुल्ने कालो बजार जागेकै छ । कृतिम अभाव सिर्जना गरेकै छ । तर पनि सरकार आनन्दमा रमाएकै छ । प्रमको सचिवालयमा नै दलालहरूको बाहुल्यता छ । उनीहरूको स्वार्थ बिनाका काम भएका छैनन् । भोटेकोशीको बाढीले घरबास गुमाएका ३ हजार ६७ परिवार स्थायी बसोबासका लागि आतुर छन् । तर सरकार भूकम्प पीडितका नाममा २ कोठे घर बनाएर राज्य श्रोतमा लूट मच्चाएकै बाटो रोज्दैछ ।
आज भोटेकोशीबाट ज्यान बचाएकाहरूको बिजोग भएको ९० दिन पुग्यो । सरकारले छिमेकी भारतसँग पूर्वाधार निर्माणका लागि सहायता खोजेको छ । पीीडतहरूले विद्युत प्राधिकरणको जमिनमा पाल टाँगेका छन् । हाम्रो घर छैन सरकारको समन्वयमा ओढ्ने ब्ल्याङकेट र चालम थुप्रिएकोमा सन्तुष्ट हुने अवस्था छैन । विद्यालय पढ्ने बालबालिकाको स्थिति भयावह छ । नुवाकोटका पीडितले सरकारलाई घचघच्याएका छन् । विदूरमा मात्र ४९२ घर बाढीले पूर्ण क्षति पुगेको थियो । वडा नंं. १ मा ९२ जना बेपत्ता छन् । बाढीको अनुगमन गर्न हेलिकोप्टर चढेर नुवाकोट पुग्ने सेल्फी खिच्नेहरूको प्रचार राम्रै भयो । विद्युत परियोजनाभित्रको पीडा अर्कोतिर छ । जान्नेलाई छान्दा त्यहाँ सत्तापक्ष आज छैन । यसतैलाई जनताको स्थानीय चुनावमा मत दिनु पर्ने कारण छैन ।
म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो भने जस्तै घर नभएका पीडित स्थायी बसोबास खोज्दैछन् तर सरकार अस्थायी आवासको कुरा गर्दैछ । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनमा आगो लाग्दा दर्शक बनेको नेपाली सेनाकै आडमा चम्केको बालेन्द्र पथले जनताको सरोकारमा चासो दिँदैन । दायित्व र जिम्मेवारी नभएको बालेन्द्र पथ देशकै नालायक शक्तिका रूपमा स्थापित छ । यो समूहले आफैंले पोलेको सरकारी भवन मर्मत गर्नै अवस्था छैन भने भोटेकोशी बाढी पीडितको हितमा ध्यान दिन्छ भन्ने आश छैन । काँग्रेस, एमालेको अहंकारी नेतृत्वले स्थापित गरेको हुकुमी शैली भन्दा एक इञ्च फरक नभएको बालेन्द्र पथबाट वाढी पीडितले ठूलो आश नराखे हुन्छ भन्ने देखियो ।
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल