Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई दर्जनबढी जुवाडे खालबाटै पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २७ वर्षीय विकाश थापा लगायत ११ जनालाई नगद ३२ हजार ८ सय ६५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी जनताको चौतारा र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१६ स्थित दुर्गा घलेको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५० वर्षीय गंगा प्रसाद गुरुङ सहित ८ जनालाई नगद २६ हजार १ सय ८५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै कास्की, पोखरा महानगरपालिका-१० रामघाटस्थित ४३ वर्षीया उर्मिला लामिछानेको पर्वत होटलभित्र जुवातास खेलिरहेका लामिछाने लगायत ६ जनालाई नगद ३६ हजार ३ सय ३० रुपैयाँ र ३ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेस्थित ४५ वर्षीय हरि बहादुर रानाभाटको शुभकामना होटलमा तास खेलिरहेका सूर्यविनायक बस्ने रामेछाप घर भएका ५५ वर्षीय ज्ञान बहादुर लामा लगायत ४ जनालाई नगद ३० हजार ६ सय ४० रुपैयाँ र ६ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार