Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई दर्जन जुवाडे खालबाटै पक्राउ

काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका(६ मुलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई नगद २ लाख २० हजार ५ सय ९० रुपैयाँ र १६ थान कौडा सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका(९ शान्तिबन बस्ने ४१ वर्षीया देवी कुमारी सिजालीको घरमा जुवातास खेलिरहेको अवस्थामा सिजाली समेत १५ जनालाई नगद ७५ हजार ४ सय १५ रुपैयाँ र ६ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।