Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई पाइलटको खल्तीबाट कसको नाम निस्केला ?

नेकपाले सचिवालयको बैठकबाट बदनाम मन्त्रीहरुको स्थानमा नयाँ अनुहारहरु भित्र्याउने हल्ला लामो समयसम्म चलिरहे पनि दशैंको आसपासमा केही मन्त्रीहरुको बिदाई हुने र केहीले झण्डा हल्लाउने कुरालाई नकार्न सकिँदैन । अहिले अर्थ, शहरी विकास र सञ्चार मन्त्रालय मन्त्री विहीन छन् । ती ठाउँमा आउन चाहने नेताहरु धेरै छन् तर प्रधानमन्त्र केपी शर्मा ओली र पुष्पकमल दाहालको खल्तीमा परेकामध्ये मौका कसले पाउँछ निश्चित छैन ।
फेरि नेकपामा रन्थमैलो भयो । यहाँ विचार, सिद्धान्त, नीति र कार्यक्रमको होइन, सरकारी पदको रह्यो । सरकारी पद सत्तानिकट र गुटका भित्रियासँगै दलाल र बिचौलियाबाहेक अरूले पाउने ठाउँ रहेन । प्रधानमन्त्री केपी ओलीका कु्रा खरा छन् । सबैले बुझ्छन् तर व्यवहार जनताको हितकारी देखिएन । कोरोनाले देश हल्लिएको छ ।

औषधि नभेटिएको यो महामारी विश्वव्यापी छ । भोकमरीले देशका गरीब निमुखा जनता भयभीत छन् । सिंहदरबारको सत्ता गरिबी र अभावले ग्रसित जनतालाई देशको नागरिक मान्दैन । भ्रष्टाचार मौलाएको छ । सत्ताधारी नेकपा कहिले वामदेवको सांसद बन्ने रहर पूरा गर्न छ महिनासम्म लड्छ । कहिले जनताको नजरमा गिरेका तस्कर माफियाको हितकारी बनेका डा. युवराज खतिवडाको चिन्ता गर्छ । जसले कार्यकर्ता र पार्टीको हित गरेन, त्यसले १६ वर्षदेखि सरकारी तलब खान पाउने र गरिबीमाथि राजस्वको भार थप्न पाउने ठाउँमा ओलीवादको शङ्ख फुकिरह्यो । ओलीले बोकिरहेका छन् ।

जनताले भोट नेकपालाई दियो । अध्यक्षको नाताले केपी ओलीले निर्वाचनको कमान्डिङ गरे । उनको मात्र योगदान थिएन । त्यहाँ माओवादी थियो, प्रचण्ड थिए, देशमा सङ्घीयता, गणतन्त्र, समावेशिताको मुद्दा सफल बनाउने योगदान गरेका लडाकु थिए । एमालेको युथफोर्स भनेको तस्करसँग पैसा खाने र वाइसीएललाई कोखमा भाला रोप्ने दस्ता थियो । गुण्डा नाइकेहरू रमेश बाहुन, पर्शुराम बस्नेत जस्ता लगानीबिनाको आम्दानी खोज्ने बहादुरहरूको थलो थियो । तिनको संरक्षक केपी ओली थिए । बयल गाडा चढेर अमेरिका पुगिँदैन भन्दै बालकोट दरबारबाट सन्देश पठाउँदै शाहीकालविरुद्धको सङ्घर्षमा पानी खन्याउनेले गणतान्त्रिक लोकतन्त्रको शासक बन्दा न त पार्टीको हित हेर्छ न त सिद्धान्त, विचार, व्यवहार शैली र पद्धतिको ख्याल गर्छ । नेकपा नाउँको पार्टी छ । त्यसले सामन्तवादी चिन्तनमा रमाइलो गर्छ ।

त्यही कारण त्यहाँ प्रचण्डको अस्तित्व छैन । माधव, वामदेवको भाउ छैन । झलनाथले रू. ७२ करोडको सर्प पाल्ने कारखाना खोल्न राज्यको ढुकुटीबाट राहत लिए । पार्टीमा गुट उनको थिएन । त्यसैले झलनाथ झुलून् वा रिसाउन् ओलीलाई बाल मतलब छैन । ओलीलाई मतलब त त केवल डा. युवराज खतिवडाको छ, लोकदर्शन रेग्मीको चासो छ ।

यी कुन त्यस्ता महानायक भए, यीबिना अमेरिका र बेलायतसँगको कूटनीतिक सम्बन्ध बलियो नहुने ? के ओली शासनका नीतिगत लुट र अत्याचार नेकपाको गहना हो ? सबैतिर ओलीको रजाइँ, प्रचण्ड र माधव दर्शक, वामदेव साक्षी र झलनाथ रथी बन्नुप¥यो । ईश्वर पोखरेल जस्ता भष्मासुरको लुटमा लाहाछाप लगाएर केपी ओलीको खोक्रो समृद्धि र बजेटबिनाको विकास नेकपाले सोचेको राष्ट्रिय अभियान हो ? मन्त्री परिषद्का झुम्राका पुतलीहरू रामबहादुर थापा, लेखराज भट्टको आँट आएन । बरु भारतले आफ्नै निर्वाचन क्षेत्र नवलपरासी पश्च्मि सुस्ताका नेपालीको जीवन सुरक्षित नहुँदा मुखमा दही हालेका हृदयेश त्रिपाठी बोले । उनले राजदूत नियुक्तिको ओली एजेन्डा देखेर जनजाति, आदिवासी, मधेसी समुदायको सम्झना गरे । ओलीलाई गुटको भए पुगेको छ । पार्टीको भावी योजना र कार्यक्रमको चासो हुन्थ्यो भने चुनावी घोषणापत्रमा प्रस्तुत भएका वाचा र कवलको ख्याल गर्थे । २१औँ शताब्दीका वादशाहका रूपमा चिनिएका यी कम्युनिस्ट शासक होइनन् । राक्षसी गुणले सबैतिर यस्तै गर्छ ।

त्यसैले नेकपाको सरकारले राजनीतिक नियुक्ति गरेका कहीँ कतै प्रगति नगरी तलब भत्ता हजम गर्नेकै भीड सिंहदरबारदेखि दूतावासहरूसम्म भरेको छ । यहाँ सरकार नेकपाको हो, यसले जनपक्षीय काम ग¥यो भन्ने ठाउँ छैन । केपी ओली ईश्वर हुन् ? यिनले जे गर्छन्, सबै ठीक भन्नै पर्ने बाध्यता उनको भजनमण्डलीमा होला । नेकपाको पक्ष लिने अनुशासित एमाले छैन । किनकि दास अनुदास, हनुमानदासले पार्टी र जनताको सेवक बन्ने आँट गर्दैन । नेकपाको सार्वभौम अखण्डता र राष्ट्रिय अस्तित्वको रक्षा यो गतिले हुँदैन । जसले भारतीय निर्देशनमा काम गथ्र्यो, उसलाई सर्वत्र दबाब प¥यो । भारतलाई राष्ट्रघाती महाकाली सन्धि सुम्पेको अपराधको मोचन चुच्चे नक्सा सार्वजनिक गरेर गरियो । भित्रभित्र दबाब थेग्न सकिनँ भनिएछ र नरेन्द्र मोदीको पाउ परिएछ । त्यही कारण नक्सा छापेको पाठ्य पुस्तक प्रधानमन्त्रीकै दबाबमा सार्वजनिक भएन ।

सरकारी राजस्व खर्च भयो, पुस्तक गोदाममा थन्क्याइयो । राष्ट्रवादको नक्कली रूप पर्दाफास भयो । नेकपा एमालेको ओली गुटको अपराध दैनिक देखिँदैछ । सरकार लकडाउनको राग अलाप्दै छ । पूर्वतयारी केही गर्दैन । जनतालाई घरमा थुनेको छ, भोकभोकै कोचेको छ, आफू लुटेको छ । रोग लागेका मान्छेलाई अपमान गरेको छ । स्वास्थ्य सेवा सुधारका अभियन्ता डा. गोविन्द केसीले उठाएका मुद्दा लत्याएको छ । तस्कर बिचौलियाको एजेन्डा स्वीकृत गरेको छ । चाडपर्वले देशलाई पनि छोयो, गरीबको भोको पेट, नाङ्गो शरीरमाथि मस्ती गर्ने छौडा र अरिङ्गालहरूबाट जनपक्षीय सरकारको संरक्षण कसरी हुन्छ ? डा. युवराज खतिवडा र लोकदर्शन रेग्मी वर्तमान सरकारका गहना बनेका छन्, जसले मुख्यसचिवसम्म हुँदा प्रशासनिक सुधार गर्न सकेनन् । खतिवडाको ताल ओली र राधिका शाक्यको महाजालले सजाएको हो । मण्डले होस् वा अपराधी होस् प्रम ओलीलाई मतलब छैन । ओलीको जय भनियो भने हत्याराले गोदवा पाउँछन्, तस्करले पदक । जनताको थाप्लोमा जन्मँदैमा ४१ हजार ऋणको बोझ बोकाउने अर्थतन्त्रका संस्थाका युवराजले अमेरिकी राजदूत ! जबजको सार्थकता अझै छ भन्नुको तात्पर्य यही हो ?


सम्बन्धित समाचार