Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विपदमा कसले कति खटाउने ?
काठमाडौं । सरकारले शान्ति सुरक्षाको क्षेत्र निर्धारण गरेर अर्ध सैनिक बल सशस्त्र र नेपालप्रहरीको व्यवस्था गरेको हो । अहिले यी दुवै संगठनलाई विवादमा पार्ने गरी प्रचार भइरहेको छ । तर गृह मन्त्रालयले यथार्थ बताएको छैन । सरकारले आवश्यकता ठानेको खण्डमा दुवैलाई एकै प्रकारको कार्यक्षेत्र तोक्न मिल्छ मिल्दैन विज्ञहरूबाट राय लिन सक्छ । सामाजिक अपराध नियन्त्रण दुवै संगठनको कर्तव्य हो । क्षेत्राधिकार कति र कुन भन्ने कुरा प्रमुख हो । संख्या हेर्ने हो भने सशस्त्र भन्दा नेपाल प्रहरी दोब्बर छ । अहिले मुलुकको बाढी पहिरो पीडितको उद्दारमा सशस्त्रको विपद् व्यवस्थापन टिम खटेको छ सशस्त्रमा त्यस्तो बेला खट्ने गुल्मनै रहेको छ । नेपाल प्रहरी जिल्लाको समन्वयमा खटेको छ । यी दुवै शक्तिको कार्यक्षेत्र दैविविपत्तिका बेला एउटै देखिन्छ । सधैंको अधिकारमा एक दुई थप कार्यक्षेत्र तोक्ने दायित्व संगठनको क्रियाशीलत हेरेर सरकारको हो । दुवै संगठनका आईजीपी सरकारको तहमा बराबर छन् । तर विवादमा तान्ने दूस्साहस राम्रो होइन ।
कसले कति खटाउन सक्छ ?
नेपाली सेना ९६ हजारमा ४ हजारको टीम विपद व्यवस्थापनमा खट्छ । पृतनाअन्तर्गतको २३४४ विपतमा खट्ने सैनिक सूत्र बताउँछन् । त्यस्तै टिम खडा गरेको अर्ध सैनिक बल सशस्त्र प्रहरीले विपद व्यवस्थापनमा ८० प्रतिशत जनशक्तिलाई परिचालन गर्न सक्ने बताएको छ । ८० प्रतिशत भनेको कुल संख्या ३७ हजारमा ३० हजार हो । त्यस्तै नेपाल प्रहरीको ७६ हजारमध्ये आवश्यक पर्दा ७५ प्रतिशत विपद व्यवस्थापनका लागि खट्ने प्रवक्ता विश्व पोखरेल बताउँछन् । त्यो संख्या ५६ हजार हो । तर शुक्रबार र शनिबारको दिन २८ हजार प्रहरी खटेका थिए । सशस्त्र प्रहरी प्रवक्ता सुरज श्रेष्ठ भन्छन्– हामीसँग २० वटा डुंगा छन्, हाम्रो क्षेत्र अनुसार ५६ आवश्यक छन् । संगठनको गुल्मअनुसार एक बोट जरुरी छ । प्रहरीसँग कतिबोट छ आईजीपी सचिवालयलाई थाहा छैन । तर नेपाली सेनाले ३ थरि बोट राखेको छ । त्यसको संख्या ११९ रहेको छ । सेनाले हेलिकोप्टर खरिद गर्छ, प्रहरी र सशस्त्रले पनि आफ्नो कल्याण कोष परिचालन गरी हेलिकोप्टर खरिद गर्नु जरुरी भइसकेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल