Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई प्रहरीलाई संगठित अपराध मुद्दामा म्याद थप

काठमाडौं । ठूला सुन काण्डमा प्रहरी कर्मचारी पनि जोडिने गरेका छन् । साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई संगठित अपराध मुद्दामा अनुसन्धान थालिएको छ । दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन तस्करी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताएका छन् । उनीहरुले सुराकीसँग मिलेर कारोबारीलाई भगाएको आरोप छ । जिल्ला अदालत काठमाडौंले आइबार उनिहरुलाई हिरासतमा राखेर संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको हो । कठायत दरबारमार्गका कम्प्याक रिक्रेशनल भेहिकल चालक हुन् भने प्रशन्न श्रेष्ठ सिभिल टिममा कार्यरत थिए । घटना लगत्तै उनीहरुलाई आन्तरिक रुपमा नियन्त्रणमा लिएर सोधपुछ थालिए पनि आइतबार मात्र पक्राउ पूर्जी दिइएको हो । सुन प्रकरणमा देवान पटेल, विजय पटेल, निलेश पटेल, कौशल पठेल, उमेश श्रेष्ठ, मनिष मल्लिक र सन्दिप गुरुङ यसअघि नै पक्राउ परिसकेका थिए । पक्राउपर्ने मध्ये गुरुङ तस्कर समूहले नागढुंगाबाट भाग्न प्रयोग गरेको ट्याक्सीका चालक हुन् । घटनापछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहाल पनि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तानिएका छन् ।