Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई हप्ता अघि सर्यो साङ्लो

अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म साङ्लो पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ । यो मितिमा यसअघि नै अभिनेता विपिन कार्की स्टारर फिल्म सेल्फी किङ छ ।

फागुन ९ मा धुर्मुस सुन्तलीको अभिनय रहेको फिल्म सेन्टी भाइरस’ आउने भएपछि विराजले साङ्लोलाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् । अब, यो फिल्मको बक्सअफिसमा ‘सेल्फी किङ’ सँग भिडन्त हुनेछ । नयाँ प्रदर्शन मितिसहित शनिबार निर्माण टिमले साङ्लोको नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा विराज र नव(अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् ।

विराज र निकिताको जोडी बाँधिएको यो फिल्मको बिहीबार पहिलो गीत सार्वजनिक हुँदैछ । फिल्मले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ । छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो फिल्म विवादमा तानिएको थियो । छायांकन अगाडि विराजले प्राविधिक कुटेपछि पनि फिल्म विवादमा घेरिएको थियो ।

फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि उनले फिल्म ‘लभ स्टेशन’ मा पनि भिलेनको भूमिका निभाएका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा कामेश्वर चौरासिया, जयनन्द लामा, आर।पि। पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । विराजले करीब ३ वर्षदेखि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो फिल्म ‘जय परशुराम’ हो ।


सम्बन्धित समाचार