Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुरुपयोग बढेपछि गोकर्णेश्वर नगरपालिकामा चिकित्सकको सिफारिस बिना औषधि बिक्री वितरण गर्न रोक

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले चिकित्सकको सिफारिस बिना औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ। नगरपालिका भित्र चिकित्सकको सिफारिस बिना मनोदिपक तथा साइक्याट्रिक औषधिहरु लागु औषद्यका रुपमा बिक्री वितरण हुने सुचना प्राप्त भएपछि औषधि पसलहरुलाई कारवाहीको चेतावनी दिएको हो। नगर प्रमुख दीपक कुमार रिसालले एक सुचना जारी गर्दै चिकित्सकको सिफारिस बिना औषधि बिक्रिवितरण नगर्न सचेत गराएका छन्। त्यस्ता औषधिको बिक्री वितरण गर्ने पसलहरुलाई कडा भन्दा कडा कारवाही गरि शिल गरिने जानकारी जारी सुचना मार्फत् नगरपालिकाले दिएको छ । साथै नगरपालिका भित्र सञ्चालित अस्पताल ,औषधि पसल,वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक औषधि पसलहरु अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा व्यवसाय दर्ता गरेर मात्रै चलाउनका लागि नगरपालिकाले अनुरोध समेत गरेको छ । बिना दर्ता सञ्चालित पसलहरुलाई कारवाही गरिने जारी सुचनामा उल्लेख छ ।