Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुर्गा प्रसाईँमाथि साइबर क्राइम

जनकपुरधाम । मेडिकल व्यवसायी तथा विवादास्पद अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँमाथि साइबर अपराध तथा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालत पर्साले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । प्रहरीका अनुसार प्रसाईँलाई सोमबार पर्साको वीरगञ्जस्थित एक होटलबाट पक्राउ गरिएको थियो । पक्राउपछि जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट म्याद थप गराएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रवक्ता बस्नेतका अनुसार प्रसाईमाथि राज्यविरुद्धको कसुरमा हामीले अनुसन्धान अघि बढाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी तथा प्रवक्ता हरिबहादुर बस्नेतले सामाजिक सञ्जाल तथा विभिन्न विद्युतीय माध्यममार्फत व्यक्तिको चरित्र हत्या हुने, अपमानजनक तथा सामाजिक द्वेष फैलाउने खालका अभिव्यक्ति दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । उनका अनुसार प्रसाईँले प्रयोग गरेका भिडियो, अभिव्यक्ति तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीहरूको डिजिटल विश्लेषणसमेत भइरहेको छ । “विद्युतीय माध्यमको दुरुपयोग गर्दै विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउने, सामाजिक सद्भाव खलबल्याउने तथा राज्यका निकायप्रति अविश्वास फैलाउने गतिविधिबारे अनुसन्धान केन्द्रित छ,” डिएसपी बस्नेतले भने । प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत राज्यविरुद्धको कसुर तथा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत साइबर अपराध सम्बन्धी व्यवस्थाअनुसार अनुसन्धान अघि बढाइएको जनाएको छ । विद्युतीय कारोबार ऐन अनुसार विद्युतीय माध्यम प्रयोग गरी सार्वजनिक नैतिकता, सामाजिक सद्भाव वा कसैको प्रतिष्ठामा असर पुग्ने सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था छ । यस्तै मुलुकी अपराध संहिताको राज्यविरुद्धको कसुर सम्बन्धी व्यवस्थाअन्तर्गत सरकार वा सार्वजनिक संस्थाप्रति द्वेष, अविश्वास वा अस्थिरता फैलाउने गतिविधि दण्डनीय मानिएको छ । प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् भने सुरक्षा निकायले संवेदनशील क्षेत्रहरूमा निगरानीसमेत बढाएको स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार

सत्ताबाट अघाएकालाई के पुगेन

२०८३ जेष्ठ ६

ताजा नेपाल

हतारमा निर्णय, फुर्सदमा पछुतो

२०८३ जेष्ठ ६

ताजा नेपाल