Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुर्गा प्रसाईँलाई कर तिर्न १५ दिने अल्टिमेटम

काठमाडौं। आफूले लिएको ऋण तिर्नुको साटो जनता उराल्दै हिँडेका व्यवसायीलाई कर तिर्न १५ दिने अल्टिमेटम दिइएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा १५ दिने ‘अल्टिमेन्टम’ जारी गरेको हो । नागिरक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईँले आयकर नतिरेको भन्दै आराका भद्रपुरले उनी र इन्दिरा गिरीको नाममा पत्र काटेको हो । प्रसाईँ र गिरीको नाममा रहेको वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर लगायत ३६ वटा कम्पनीलाई कर कार्यालयले १५ दिने अल्टिमेन्टम दिएको छ ।